Logo

मेकेन्जी बेजोसले डिभोर्स गर्दा आएको सम्पतीको ५० प्रतिशत दान गर्ने, प्रतिज्ञा पत्रमा गरिन हस्ताक्षर

मेकेन्जी बेजोसले डिभोर्स गर्दा आएको सम्पतीको ५० प्रतिशत दान गर्ने, प्रतिज्ञा पत्रमा गरिन हस्ताक्षर



काठमाडौं । विश्वकै धनी जेफ बेजोसकी पुर्वपत्नी मेकेन्जी वेजोसले डिभोर्स गर्दा आएको आफ्नो भागको आधा सम्पत्ती एक कोषमा दान गर्ने घोषणा गरेकी छन ।

आफ्ना पतिबाट छुटिएको केही महिनापछि नै उनले आफ्नो सम्पत्तीको आधा हिस्सा दान गर्ने बताएकी हुन । उनले हालै उक्त सम्पत्ती दान गर्नका लागि अर्वपतिले आफ्नो भविष्यको लागि गरिने प्रतिज्ञा पत्रमा हस्ताक्षर गरेकी हुन ।

उक्त कोष सन २०१० मा वारेन वफेट तथा बील गेट दम्पतीले २ सय ४ जना तथा अन्य परिवारका लागि स्थापना गरेका थिए । मेकेन्जी बेजोस आफ्ना पति जेफसँगको सम्बन्ध विच्छेदपछि विश्वकै २२ औं धनीमध्येमा परेकी छन ।

उनको हालको सम्पत्ती ३६ अर्ब अमेरिकी डलर रहको छ भने उनका पूर्वपति जेफ बेजोस ११ खर्ब डलर बराबरको सम्पत्तीका मालिक बनेका छन । उनले एक पत्रमा आफुसँग बाँड्नका लागि अथाह सम्पत्ती भएको जानकारी दिएकी थिईन ।

प्रतिक्रिया दिनुहोस्
MBL