Logo

अवतरण गर्ने क्रममा सेनाको हेलिकोप्टर दुर्घटना, घाईतेको बिवरण आउन बाँकी

अवतरण गर्ने क्रममा सेनाको हेलिकोप्टर दुर्घटना, घाईतेको बिवरण आउन बाँकी



काठमाडौं । अफगानिस्तानमा अमेरिकी सैनिकको एक हेलिकोप्टर अवतरण गर्ने क्रममा दुर्घटना भएको छ ।

laxmi

उक्त दुर्घटनामा परि हेलिकोप्टरमा सवार रहेका यात्रु र चालकदलका सदस्य घाइते भएका अमेरिकी सेनाका अधिकारीहरुले जानकारी दिएका छन ।

हेलमान्ड प्रान्तमा एक मिसनमा गएको ‘सिएच–४७ चिनूल’ अमेरिकी हेलिकोप्टर यात्रुहरुलाई अवरतरण गराउन क्रममा कठिन अवस्था आइपरेको अमेरिकी सैन्यबलका प्रवक्ता कर्नेल डेभिड बुट्लरले बताएका छन ।

बुट्लरका अनुसार हेलिकोप्टर अवतरणको क्रममा पूर्ण रुपमा ध्वस्त भएको थियो । यस हेलिकोप्टरमा सवार रहेका अमेरिकी र अफगान सेना घाइते भएका र हाल अवस्था स्थिर रहेको जानकारी दिएको छ /रासस

प्रतिक्रिया दिनुहोस्
MBL