Logo

अमेरिकामा अन्तरराष्ट्रिय दूरसंचार उपकरणमा रोक, चीनसँगको व्यापार युद्ध चर्किने खतरा

अमेरिकामा अन्तरराष्ट्रिय दूरसंचार उपकरणमा रोक, चीनसँगको व्यापार युद्ध चर्किने खतरा



काठमाडौं । राष्ट्रिय सुरक्षा खतरा बढेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संकटकाल घोषणा गरेका छन । पछिल्लो समय दूरसंचार क्षेत्रका विदेशी उपकरणहरुले साईबर सुरक्षाको खतरा बढेको भन्दै विदेशी कम्पनीका उपकरणहरु नभित्र्याउने गरी एक सहमतीत्रमा हस्ताक्षर गरेका छन ।

laxmi

अमेरिकाले पछिल्लो समय दूरसंचार उपकरण निर्यातकर्ता चिनियाँ कम्पनीलाई साईबर आतंक फैलाएको आरोप लगाएपनि हुवावेले भने आफ्ना उपकरणहरु पुर्ण सुरक्षित रहेको बताउँदै आएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ कम्पनीहरुलाई लक्षित गर्दै उक्त सहमती पत्रमा हस्ताक्षर गरेको विज्ञहरुको बुझाई छ ।

यस्तै राष्ट्रपति ट्रम्पको उक्त कदमपछि अमेरिका चीन ब्यापारयुद्ध झन चर्किने विज्ञहरुले जानकारी दिएका छन । अमेरिकाले अमेरिकी बस्तुमा गतबर्ष मात्रै १० प्रतिशत करलाई २५ प्रतिशतसम्म पुर्याएपछि चीनले पनि त्यसको विरुद्धमा अमेरिकी सामानमा कर वृद्धि गरेको थियो ।

दूवै मुलुकले कर वृद्धि गरेपछि ब्यापारयुद्ध चर्किएको थियो । सोही अनुसार बेलाबेलामा वार्ता गर्ने बताएपनि फेरी सो युद्ध भड्किने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL