Logo

ईन्नोभेटिभ देशको सुचीमा अमेरिका निकै तल, दक्षिण कोरिया बन्यो ‘मस्ट ईन्नोभेटिभ कन्ट्री’

ईन्नोभेटिभ देशको सुचीमा अमेरिका निकै तल, दक्षिण कोरिया बन्यो ‘मस्ट ईन्नोभेटिभ कन्ट्री’



काठमाडौं । पछिल्लो बर्ष संयुक्त राज्य अमेरिका ईन्नोभेटिभ देशको सुचिमा धेरै तल परेको छ । विज्ञान तथा ईन्जिनियररिङ क्षेत्रमा योगदान दिँदै विभिन्न डाटाहरु राख्ने लिग कम्पनी ब्लुमबर्गले यो बर्ष अमेरिका ईन्नोभेटिभ देशको सुचिमा निकै तल परेको जानाएको हो । कम्पनीका अनुसार सन २०१८ मा ५० ओटा गरिएको सर्वेक्षणमा अमेरिका ईन्नोभेटिभ देशको सुचिमा ४३ औँ स्थानमा परेको हो ।

यस्तै उक्त सुचिमा दक्षिण कोरिया र स्वीडेन भने विश्वकै उच्च ईन्नोभेटिभ देशको रुपमा अघि आएका छन । उक्त सुचकांकले दक्षिण कोरियाको अर्थब्यवस्थामा ध्यान दिएको देखिन्छ । दक्षिण कोरियाले सन २०१७ मा सबैभन्दा धेरै कम्पनीका पेटेन्ट दर्ता गरेको देखिन्छ । दक्षिण कोरियालाई ईन्नोभेटिभ देशको सुचकांकमा प्रवेश गराउन त्यहाँस्थित सवैभन्दा ठुलो ईलेक्ट्रोनिक कम्पनी सामसङलाई जान्छ । द ईलेक्ट्रोनिक जाईन्ट कम्पनी दक्षिण कोरियाकै महंगो कम्पनी हो ।

कम्पनीले अमेरिकन कम्पनी आईबीएम पछि धेरै प्याटेन्ट दर्ता गर्ने कम्पनीको सुचिमा पर्दछ । उक्त कम्पनीको मूल्यले दक्षिण कोरियाको अर्थव्यवस्थासँग प्रत्यक्ष सम्बन्ध राख्दछ । यस्तै ईन्नोभेटिभ देशको सुचिमा दोस्रो स्थानमा परेको स्वीडेनलाई भने युरोपको प्रविधि स्टार्टअपको राजधानी मानिएको छ । स्कान्डीनाभियन देश युरोपकै सबैभन्दा ठुला ईन्नोभेटिभ देशहरुमध्ये पर्दछन ।

ब्लुमबर्ग ईन्नोभेसन ईन्डेक्सका अनुसार ईन्नोभेटिभ देशको सुचिमा केहि बर्ष अघिमात्रै अमेरिका उच्च १० देशभित्र पर्ने गरेको थियो । उक्त सुचकांकले क्रमश सिङ्गापुर, जर्मनी, स्वीजरल्याण्ड, जापान लगायतका देशलाई तेस्रो, चौथो, पाँचौ र छैठौँ स्थानमा राखेको छ ।

most-innovative-countries-world-2018-19

प्रतिक्रिया दिनुहोस्
MBL