Logo

रुपन्देहीको ककरहवा नाका ३ दिन बन्द, एम्बुलेन्स सेवा र तेलको ढुवानी नरोकिने

रुपन्देहीको ककरहवा नाका ३ दिन बन्द, एम्बुलेन्स सेवा र तेलको ढुवानी नरोकिने



काठमाडौं। भारतको लोकसभाको निर्वाचनलाई लक्षित गरेर आजदेखि तीन दिनसम्म रुपन्देहीको ककरहवा नाका बन्द भएको छ ।

नाका बन्द भएपछि आवतजावत र ढुवानी पैठारीको काम केही दिनका लागि बन्द हुने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय रानाले जानकारी दिएका छन । उनका अनुसार एम्बुलेन्स सेवा र तेलको ढुवानी हुने काम भने रोकिने छैन ।

प्रमुख जिल्ला अधिकारी रानाले भने, ‘केही दिनको नाका बन्दले नेपाललाई ठूलो समस्या पर्दैन ।’ करीब १५ दिनअघि रुपन्देहीका सुरक्षा अधिकारी र भारतीय सुरक्षा अधिकारीबीच भएको संयुक्त बैठकले उक्त निर्णय गरेको थियो । भारतको उत्तरप्रदेशस्थित सिदार्थनगरमा निर्वाचन हुँदैछ ।

भारतको सो जिल्लासँग रुपन्देहीको ककरहवा नाका जोडिएको छ । त्यसैगरी कपिलवस्तुको कृष्णनगर, खुनुहवा, चाकरचौडा नाकासमेत बन्द हुने भएको छ । नेपालमा निर्वाचन हुँदा पनि दुवै पक्षको सहमतिमा सुरक्षाका हिसाबले नेपाल–भारत नाका बन्द गर्ने प्रचलन रहेको छ /रासस

प्रतिक्रिया दिनुहोस्
MBL