Logo

स्काण्डिनाभियन एयरलाईन्सका चालकको हडताल जारी, ५०० उडान अवरुद्ध

स्काण्डिनाभियन एयरलाईन्सका चालकको हडताल जारी, ५०० उडान अवरुद्ध



काठमाडौं । स्काण्डिनाभियन एअरलाइन (एसएएस)का विमान चालकहरूको हडताल स्थानीय समय अनुसार बुधबार पनि जारी रहने भएको छ ।

laxmi

विमान चालकको आन्दोलन पाँचौँ दिन पनि जारी रहँदा बुधबारका लागि तय भएका करिब ५ सय उडान अवरूद्ध हुने र यसबाट करिब ४७ हजार हवाई यात्रु प्रभावित बन्ने कम्पनीले जानकारी दिएको छ ।

आन्दोलनमा मङ्गलबार उक्त विमान कम्पनीका करिब ५ सय ४६ उडान अवरूद्ध बनेका र यसबाट ४८ हजार यात्रु अलपत्र बनेका जनाइएको छ । आन्दोलनका कारण मङ्गलबारसम्म ३ हजार ३ सय ६ वटा उडान अवरूद्ध भएका छन् भने यसबाट तीन लाख २६ हजार ९ सय १७ यात्रुलाई असुविधा भएको छ, कम्पनीद्वारा बुधबार प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

विमान चालकहरूले उनीहरूको तलव तथा कार्यसूचीको निश्चितताका लागि दुईपक्षीय कार्यस्थल सहमतिका लागि भनी हडताल शुरू भएको तर यसबीचमा सम्बन्धित पक्षसँग भएका वार्ता सकारात्मक दिशामा नगएपछि आन्दोलनका कार्यक्रम निरन्तरताको घोषणा विमान कम्पनी अन्तर्गत कार्यरत चालकहरूको संगठनले बताएको छ । राससएएफपी

प्रतिक्रिया दिनुहोस्
MBL