Logo

इरानमाथिको प्रतिबन्धले आर्थिक वृद्धिमा सङ्कुचन, यो बर्ष आर्थिक वृद्धि ६ प्रतिशतले घट्ने

इरानमाथिको प्रतिबन्धले आर्थिक वृद्धिमा सङ्कुचन, यो बर्ष आर्थिक वृद्धि ६ प्रतिशतले घट्ने



काठमाडौं । इरानमाथिको अमेरिकी प्रतिबन्धले उक्त क्षेत्रको आर्थिक वृद्धिमा नकारात्मक असर पर्ने भएको छ । मध्यपूर्व र उत्तरी अफ्रिकामा बढ्दो अराजकता तथा तेलको मूल्यमा भएको अस्थिरताले उक्त क्षेत्रको आर्थिक वृद्धिमा असर पर्न सक्ने अन्तर्रा्ष्ट्रिय मुद्राकोषले जानकारी दिएको छ ।

कोषको अर्धवार्षिक आर्थिक परिदृश्यमा अस्थिरताले आर्थिक वृद्धिमा कालो बादल मडारिएको उल्लेख छ । ‘यस्तो अस्थिरताले लगानीकर्ताको विश्वास गुम्ने खतरा छ जसका कारण पूँजी पलायन हुने र परिवत्र्य मुद्राको सटहीमा दबाब निम्तिने छ ।’

कोषले साउदी अरेबियापछि दोस्रो ठूलो अर्थतन्त्र रहेको इरानको अर्थतन्त्र यस वर्ष ६ प्रतिशतले घट्ने प्रक्षेपण गरेको छ । इरानको अर्थतन्त्रमा सन् २०१८ मै ३ दशमलव ९ प्रतिशतले कमी आएको थियो ।संयुक्तराज्य अमेरिकाले गत वर्षदेखि इरानी आणविक कार्यक्रमलाई लिएर प्रतिबन्धहरु घोषणा गरेको थियो ।

कोषका मध्यपूर्व तथा मध्य एसियाका निर्देशक जिहाद आजूरले इरानी तेल उद्योगलाई लक्षित गरी गत साता अमेरिकाले गरेको प्रतिबन्धका घोषणाले परिस्थितिलाई अझ जटिल बनाउने बताएका छन । उनले प्रतिबन्धकै कारण इरानमा मुद्रास्फिती करिब ५० प्रतिशत वृद्धि भइसकेको जानकारी दिएका छन ।

समग्रमा क्षेत्रीय आर्थिक वृद्धि सन् २०१८ को तुलनामा यस वर्ष १ दशमलव ३ प्रतिशत मात्र हुने अपेक्षा गरिएको छ । यस्तो वृद्धि सन् २०१८ मा १ दशमलव ४ प्रतिशत थियो ।सन् २०१९ मा तेल निर्यात शून्य दशमलब ४ प्रतिशत हुँदैछ ।

कोषले आर्थिक वृद्धि न्यून हुनुमा तेल निर्यातमा समस्याका अलावा बढ्दो द्वन्द्व, भ्रष्टाचार, सुधारमा सुस्तता, ऋणको बढ्दो भार तथा तेलको मूल्यमा हुने घटबढ रहेका छन् । ‘सामाजिक तनाब बढ्दो छ, बृद्धिदर न्यून छ र सुधारका पक्षमा ज्यादै कम मात्र काम भएका छन,’ कोषले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL