Logo

साउदी अरब र युएईको सुडानलाई ३ अर्ब डलर सहयोग, होला त आर्थिक सुधार ?

साउदी अरब र युएईको सुडानलाई ३ अर्ब डलर सहयोग, होला त आर्थिक सुधार ?



काठमाडौं । साउदी अरब तथा संयुक्त अरब इमिरेट्स (युएई) ले सुडानलाई ३ अर्ब अमेरिकी डलर सहयोग गर्ने भएको छ । २ देशले सुडानमा आएको नयाँ राजनीतिक परिवर्तनपछि आर्थिक सुधारका लागि नयाँ नेतृत्वलाई तीन अर्ब अमेरिकी डलरको सहयोगको घोषणा गरेका हुन ।

laxmi

लामो समयसम्म सुडानको नेतृत्वमा रहेका नेता ओमार अल–बसिरलाई जनतालाई सुशासनको प्रत्याभुत गराउन नसकेको, भ्रष्टाचार तथा महङ्गी नियन्त्रण गर्न नसकेको भन्दै लामो समय राजनीतिक आन्दोलन चलेपछि सेनाले पदच्युत गरेको थियो ।

तेलका लागि धनी मानिने दुई खाडीमुलुकहरू साउदी अरब र युएईले सहयोगस्वरूप ५० करोड अमेरिकी डलर बराबरको रकम सुडानको केन्द्रिय बैंकमा जम्मा गरिदिने छन । यस्तै २ अर्ब ५० करोड अमेरिकी डलर खाद्यान्न, औषधी, पेट्रोलियम पदार्थ लगायतका आवश्यक सामग्रीको सहज आपूर्ति गर्ने गरी नयाँ सरकारलाई दिनेछ । साउदी अरबको राज्य सञ्चालित समाचार संस्था साउदी प्रेस एजेन्सीले सरकारी अधिकारीलाई उद्धृत गरी जानकारी गराएको हो ।

उक्त सहयोग ऋणस्वरूप प्रदान गरिएको हो वा यो अनुदानस्वरूप दिइएको हो भन्नेबारे खुलाइएको छैन ।राससएएफपी

प्रतिक्रिया दिनुहोस्
MBL