Logo

ऋण तिर्न नसक्दा जेट एयरवेजको उडान बन्द, २२ हजार कर्मचारीको रोजगारी धरापमा

ऋण तिर्न नसक्दा जेट एयरवेजको उडान बन्द, २२ हजार कर्मचारीको रोजगारी धरापमा



काठमाडौं । भारतको जेट एयरवेजले आफ्ना उडानहरु स्थगन गरेसँगै करिब २२ हजार कामदार चिन्तित भएका छन । निजी क्षेत्रको जेट एयरवेजले नयाँ लगानी जुटाउने भन्दै आफ्ना सबै घरेलु तथा अन्तरराष्ट्रिय उडानहरु अस्थायी रुपमा स्थगित गरेसँगै कर्मचारीहरु मर्कामा परेका हुन ।

कम्पनीले २६ बर्षयता दैनिक ६ सय ५० उडान भर्दै आएको थियो । यसरी कम्पनीले आफ्नो लगानी जुटाउन आफ्ना उडानहरु स्थगन गर्दा १६ हजार प्रत्यक्ष तथा ६ हजार रोजगारीमा प्रश्न चिन्ह खडा भएको छ ।

गत मंगलबार कम्पनीले स्टेट बैंक अफ ईन्डिया (एसबीआई)लाई ईन्धन तथा अन्य क्षेत्रको भुक्तानी गर्न नसक्दा आफ्ना उडानहरु स्थगन गर्नुपर्ने भएको सुचना कम्पनीले पठाएको थियो । कम्पनीले एसबीआईलाई विभिन्न क्षेत्रको ऋण तिर्नका लागि ऋणदाताको खोजीमा रहेको पनि जानकारी दिएको छ । कम्पनीको हिजो अर्थात बुधबार अन्तिम उडान थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL