Logo

गोप्य सुचना बाहिर ल्याउने विकीलिक्सका संस्थापक जुलियन असान्जे पक्राउ, आजै अदालतमा हाजिर गराईँदै

गोप्य सुचना बाहिर ल्याउने विकीलिक्सका संस्थापक जुलियन असान्जे पक्राउ, आजै अदालतमा हाजिर गराईँदै



काठमाडौं । गोप्य सुचना बाहिर ल्याउने संस्था विकीलिक्सका संस्थापक जुलियन असान्जे पक्राउ परेका छन । बिहीबार लण्डनस्थित इक्वेडरको राजदुतावासबाट उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो । उनले स्थापना गरेको विकीलिक्स भन्ने वेबसाईटले विश्वका विभिन्न गोप्य सुचनाहरु प्रकाशित गर्दै आएको छ ।

बिहीबार लण्डनस्थित महानगरीय प्रहरीले असान्जेलाई पछिल्लो ७ बर्षसम्म बस्दै आईरहेको स्थानबाट पक्राउ गरेको हो । उनलाई सन २०१२ मा आत्मसमर्पण गराउन असफल भएपछि ७ बर्षसम्म उनलाई खोज्ने काम भईरहेको थियो । उनलाई पछिल्लो समय यौनशोषणको पनि आरोप लागेको थियो ।

उनलाई आजै लण्डनको अदालतमा हाजिर गराईनेछ । उनको वेबसाईटले हालसम्म हुँदै आएका अपराधहरु तथा विभिन्न मुलुकका गोप्य सुचनाहरु बाहिर ल्याउने काम गर्दै आईरहेको थियो ।

अमेरिकामा सन २०१६ को राष्ट्रपति निर्वाचन अभियानमा डेमोक्र्याटिक नेशनल पार्टीको ईमेल तथा अन्य सामग्री विकीलिक्समार्फत बाहिर ल्याएपछि हिलारी क्लिन्टनलाई उक्त निर्वाचनमा ठुलो असर परेको थियो । अमेरिकाको ईन्टेलिजेन्स कमिटिले रसियाले उक्त ईमेल ह्याक गरेर सम्पुर्ण सुचना विकीलिक्सलाई दिएको आरोप लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL