Logo

अमेरिकी आर्थिक वृद्धिदर खस्किने आईएमएफको प्रक्षेपण, २.३ प्रतिशतमा सिमित

अमेरिकी आर्थिक वृद्धिदर खस्किने आईएमएफको प्रक्षेपण, २.३ प्रतिशतमा सिमित



काठमाडौं । संयुक्त राज्य अमेरिकाकाको आर्थिक वृद्धिदर घटने भएको छ । सन् २०१९ का लागि यस पहिले अनुमान गरेको आर्थिक वृद्धिदर घट्ने अन्तर्रा्ष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले मङ्गलबार जानकारी दिएको हो ।

सन् २०१९ का लागि यस पहिले अनुमान गरिएको अमेरिकाको आर्थिक वृद्धि दरमा समेत शुन्य दशमलब दुई प्रतिशत कमी आई २ दशमलव ३ मा खुम्चिने देखिएको मुद्रा कोशको वल्र्ड इकोनोमिक आउटलुकले जानकारी दिएको छ । उक्त संस्थाले सन् २०१९ का लागि गत जनवरीमा गरेको प्रक्षेपणमा अमेरिकी आर्थिक वृद्धि २ दशमलव ५ प्रतिशत कायम रहने बताएको थियो ।

अमेरिकी आर्थिक वृद्धिमा देखिएको कमीका वावजुद पनि अमेरिकी अर्थतन्त्र अझै अन्य मुलुकको अर्थतन्त्रको तुलनामा मजबुत नै रहने बताएको छ । आइएमएफले सन् २०२० मा अमेरिकी आर्थिक वृद्धिदर थप खुम्चिने र १ दशमलव ९ प्रतिशत कायम हुने जनाएको छ ।

अमेरिकी आर्थिक वृद्धिदर कमी हुनुमा अमेरिका–चीन ब्यापार विवाद, ब्रेक्जिट, अमेरिकी संसद र राष्ट्रपतिबीचको असमझदारी प्रमुख कारक मानिएका विश्लेषकहरूले बताएका छन् ।राससएएफपी

प्रतिक्रिया दिनुहोस्
MBL