Logo

फ्रान्सेली बैंकले १ हजार ६०० कर्मचारी कटौती गर्दै, फ्रान्समा मात्रै साढे ७ सय कर्मचारी कटौती

फ्रान्सेली बैंकले १ हजार ६०० कर्मचारी कटौती गर्दै, फ्रान्समा मात्रै साढे ७ सय कर्मचारी कटौती



काठमाडौं । फ्रान्सको ठूलो बैंक सोसाइटी जनरलले विश्वका विभिन्न भागमा कार्यरत एक हजार ६ सय कर्मचारी कटौती गर्ने भएको छ । बैंकले मङ्गलबार दुईवटा पुनर्संरचना योजना कार्यान्वयन गर्ने उद्देश्यले कर्मचारी कटौती गरिएको जानकारी दिएको छ ।

बैंकले फ्रान्समा कार्यरत ७ सय ५० कर्मचारी कटौती गर्नेछ । अन्तर्रा्ष्ट्रिय बैंकिङ र वित्तीय सेवामा ‘नाफामुलक र दिगो वृद्धि’लाई सुनिश्चित गर्ने सोसाइटीको मुख्य लक्ष्य रहेको छ ।

फ्रान्समा कटौती हुने कर्मचारीलाई स्वेच्छिक अवकाश योजना उपलब्ध हुनेछ । अन्य देशका कर्मचारीलाई भने स्थानीय नियम र कानुनका आधारमा हटाइनेछ ।

फ्रान्सको सीएफडीटी युनियनका प्रतिनिधि खालिद बेल हादोईले प्रत्येक वर्ष कर्मचारी कटौती गर्दै जाने सहमति भएको जानकारी दिएका छन ।

बैंकले यसअघि नै सन् २०२० सम्ममा वार्षिक ५६ करोड अमेरिकी डलर लागत कटौती गर्ने योजना सार्वजनिक गरेको थियो ।

तर बैंकले सन् २०१८ मा सोचेभन्दा बढी नाफा आर्जन गर्न सफल भएको थियो । यस बैंकमा विश्वभर करिब एक लाख ४८ हजार कर्मचारी कार्यरत छन् । राससएएफपी

प्रतिक्रिया दिनुहोस्
MBL