Logo

पाकिस्तानलाई २ अर्ब डलर ऋण दिँदै चीन, अर्थतन्त्रमा ल्याउला त सुधार ?

पाकिस्तानलाई २ अर्ब डलर ऋण दिँदै चीन, अर्थतन्त्रमा ल्याउला त सुधार ?



काठमाडौं । चीनले पाकिस्तानलाई २ अर्बभन्दा बढी अमेरिकी डलर ऋण दिने भएको छ । शुक्रबार पाकिस्तानको अर्थमन्त्रालयले पाकिस्तानको अर्थतन्त्रलाई उकास्नका लागि चीनले उक्त ऋण लिन लागेको जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता एवं सल्लाहकार खकान नाजिव खानले उक्त ऋण दिनका लागि चीनले आवश्यक सबैप्रकारको तयारी पुरा गरिसकेको समेत जानकारी दिएका छन ।

उनका अनुसार ऋणवापत चीनले दिन लागेको सो रकम पाकिस्तानको स्टेट बैंकमा आउने सोमबार जम्मा हुनेछ । पाकिस्तानले घट्दो विदेशी मुद्रा सञ्चितीलाई बढाउन साउदी अरेबीया र दुबईबाट १/१ अर्ब डलर ऋण लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL