Logo

लोकसभा चुनावलाई भारतीय उम्मेदवारले गरे सबै हेलिकप्टर ‘बुक’

लोकसभा चुनावलाई भारतीय उम्मेदवारले गरे सबै हेलिकप्टर ‘बुक’



काठमाडौं । यतिबेला भारतमा लोकसभा निर्वाचनको चटारो छ । आगामी पाँच बर्षका लागि केन्द्रिय सरकार गठन गर्ने भएकोले पनि यो निर्वाचनमा हरेक तवरले जित हासिल गर्ने उद्देश्यमा त्यहाँका राजनीतिक दलहरु तल्लिन छन् । अबको करिब डेढ महिनापछि सुरु हुने निर्वाचनका अहिले नै साना जहाज र हेलिकप्टर कम्पनीको बुकिङ भने भरिएको छ ।

laxmi

निर्वाचन प्रचार प्रसारका लागि उम्मेदवारहरुले साना जहाज र हेलिकप्टर बुक गरेपछि कम्पनीहरुले बुकिङ पुरा भएको घोषणा गरेका छन् ।

अत्यन्त विकट क्षेत्रमा पनि पुग्न सकिने र सानो ठाउँमा पनि ल्यान्ड गर्न सकिने भएकोले विभिन्न राजनीतिक दलका वरिष्ठ नेताहरु हेलिकप्टर प्रयोगलाई प्राथमिकता दिइरहेका छन् ।
भारतमा सर्वसाधारणको उपयोगका लागि २७५ ओटा हेलिकप्टर दर्ता भएका छन् । यो संख्या केन्द्रिय तथा राज्य सरकार, निजी तथा सार्वजनिक कम्पनीको हेलिकप्टरसहितको हो ।

हेलिकप्टरबाहेक दुईटा इन्जिन हुने टर्बो प्रोपका साना जहाज अत्यधिक मागमा छन् । भारतमा निर्वाचनको उद्देश्यका लागि एउटा मात्रै इन्जिन भएका जहाजको प्रयोगलाई भने छुट दिइएको छैन ।
तर, भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह र कंगे्रका अध्यक्ष राहुल गान्धी भने यस्ता किसिमका साना जहाज र हेलिकप्टरमा उडान गर्दैनन् । उनीहरु निर्वाचन क्षेत्र नजिक पर्ने राम्रो विमानस्थल छनोट गरेर यात्रा गर्दै आएका छन् ।

भारतमा अहिले युरोक्पटर, रोबिन्सन, बेल र साइकोसर््िक जस्ता कम्पनीका हेलिकप्टर बढी प्रचलनमा छन् । यस्ता हेलिकप्टरमा पाइलटसहित ३ देखि ११ जनासम्म अटाउने सिट क्षमता हुन्छ । यसमध्ये उडानका लागि योग्य जुनसुकै जहाज चुनावका लागि बुक भएका छन् ।

अधिकांश राजनीतिक दलले हरेक दिन तीन घन्टासम्म उडान गर्ने गरी दुई महिनाका लागि हेलिकप्टर बुक गरिसकेका छन् । सत्तासिन दल बीजेपी धेरै हेलिकप्टर भाडामा लिने दलमा पहिलो स्थानमा छ । भाडामा लगाइएका हेलिकप्टर ५० प्रतिशत हिस्सा उसकै छ ।

हेलिकप्टर कम्पनीहरुले घन्टाको ७५ हजार भारुदेखि ३ लाख ५० हजार भारुसम्म लिने गरेका छन् । तर दिनमा कम्तिमा तीन घन्टाको लागि बुक गरेकोले १५ मिनेट उडेपनि बबुक गर्नेले तीन घन्टाकै पैसा दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL