Logo

चिनियाँ सामानमाथि करबृद्धि स्थगन गर्दै अमेरिका, राष्ट्रपति ट्रम्पले गरे घोषणा

चिनियाँ सामानमाथि करबृद्धि स्थगन गर्दै अमेरिका, राष्ट्रपति ट्रम्पले गरे घोषणा



काठमाडौं । चिनियाँ सामानको आयातमा अमेरिकाले यसअघि घोषणा गरेको करवृद्धि स्थगित गर्ने भएको छ ।

laxmi

संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र अमेरिकाबीचको व्यापार वार्तामा ‘सन्तोषजनक प्रगति’ भएको भन्दै चिनीया सामानको आयातमा यसअघि घोषणा गरिएको करबृद्धिको प्रस्ताव स्थगन गर्न लागेको जानकारी दिएका हुन ।

दुई मुलुकबीचको व्यापार सम्झौताका लागि चिनीया राष्ट्रपति सी जिनफिङसँग शिखर वार्ता हुने अपेक्षा गरिएको पनि राष्ट्रपति ट्रम्पले बताएका छन ।

‘अर्को दुई साताभित्रै निकै ठूलो समाचार आउनेछ,’ राष्ट्रपति ट्रम्पले भने । वार्तामा थप प्रगति भएमा अमेरिकाको फ्लोरिडास्थित राष्ट्रपति ट्रम्पको मार–ए–लेगो रिसोर्टमा चिनीया राष्ट्रपति सीलाई भेट्ने योजना रहेको पनि ट्रम्पले बताएका हुन ।

आइतबार सम्पन्न भएको तर चार दिनदेखि वासिङ्टनमा जारी वार्तामा दुई मुलुकका वरिष्ठ अधिकारीहरुले भाग लिएका थिए ।

संयुक्तराज्य अमेरिकाले वार्तामा सहमति नभए आगामी मार्च १ तारिखदेखि नै लागू हुनेगरी करिब २ खर्ब अमेरिकी डलर बराबरका चिनीयाँ सामानमा २५ प्रतिशत कर लगाउने राष्ट्रपति ट्रम्पले घोषणा गरिसकेका छन । तर राष्ट्रपति ट्रम्पले वार्ता निकै सन्तोषजनक रुपमा अघि बढेकाले मार्च १ तारिखको सीमालाई बढाउन आफू तयार रहेको बताएका हुन ।

‘चीनसँग जारी व्यापार वार्ता सकारात्मक रुपमा अघि बढेकामा मलाई खुशी लागेको छ,’ उनले भने, ‘खासगरी, चीनले बौद्धिक सम्पत्तिको संरक्षण, प्रविधि हस्तान्तरण, कृषि, सेवा, मुद्रा तथा अरु विविध विषय समेतका महत्वपूर्ण संरचनागत मुद्दामा सकारात्मक जवाफ दिएको छ ।’ ट्रम्पले आफ्नो ट्वीटमा भनेका छन ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाले पनि वार्तामा निकै सकारात्मक प्रगति भएको जनाएको छ । चिनीया व्यापार वार्ता प्रतिनिधिमण्डलको नेतृत्व उपप्रधानमन्त्री लिउ हे ले गरेका छन ।
‘वार्ता निकै सकारात्मक रुपमा अघि बढेकाले सम्झौतालाई अन्तिम रुप दिन फ्लोरिडामा शिखर बैठकको तयारीमा लागेका छौं,’ उनले भने, ‘अमेरिका र चीनका लागि निकै सन्तोषजनक सप्ताहान्त ।’ राससएएफपी

प्रतिक्रिया दिनुहोस्
MBL