Logo

अमेरिकामा आप्रबासी कामदार लक्षित राष्ट्रिय संकटकालको घोषणा, सीमामा ३२०० किमी पर्खाल लगाईने

अमेरिकामा आप्रबासी कामदार लक्षित राष्ट्रिय संकटकालको घोषणा, सीमामा ३२०० किमी पर्खाल लगाईने



काठमाडौं । अमेरिकामा राष्ट्रिय संकटकालको घोषणा भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो कार्यकारी शक्तिको प्रयोग गर्दै राष्ट्रिय संकटकाल घोषणा गरेका हुन् ।

देशमा संकट वा आपत आइपरेको खण्डमा गरिने संकटकाल घोषणा ट्रम्पले आयतिखेर भने आप्रवासी कामदारलाई लक्षित गरी लगाएका बिबिसीले उल्लेख गरेको छ ।

अमेरिकाको राष्ट्रिय संकटकाल सम्बन्धी ऐन खासमा गम्भीर राष्ट्रिय संकटसँग जुध्न बनाइएको हो । तर, राष्ट्रपति ट्रम्पले हाल देशको दक्षिणी सिमानामा आप्रवासी संकट आइपरेको बताउँदै संकटकाल घोषणा गरेको उल्लेख गरिएको छ ।

अमेरिकामा बैध प्रवेशाज्ञा वा भिसाको म्याद सकिएर बसेका सबभन्दा ठूलो सङ्ख्याका अवैध आप्रवासीहरु छन् । राष्ट्रपटि ट्रम्ले आफुले कार्यकाल सम्हालेसँगै त्यसरी बसोबास गर्दै आएका आप्रवासी नागरिकलाई देश छोड्न आदेश दिएका थिए । तर, अहिले संंकटकाल नै लगाएर समस्या समाधान गर्ने भएका छन् ।


अब राष्ट्रिय संकटकालको घोषणा गरेपछि राष्ट्रपति ट्रम्पलाई विशेष शक्ति प्राप्त हुन्छ । जसले उनलाई सामान्य राजनीतिक प्रक्रिया छलेर विद्यमान सैन्य वा विपद राहतका बजेटलाई सिमाना पर्खाल बनाउन प्राप्त गर्नेछन् ।

तर ट्रम्पले देशभित्रै राजनीतिक रूपमा विवादग्रस्त मुद्दामा विपक्षीको बहुमत रहेको संसद छल्न सीमा सुरक्षाका लागि भन्दै यो शक्ति प्रयोग गर्न खोजेको आरोप लगाइएको छ ।
सोको विरुद्धमा विपक्षी डेमोक्र्याटहरूले राष्ट्रपतिले शक्तिको दूरूपयोग गरेको भन्दै मुद्दा हाल्ने भएका छन् ।

ट्रम्पले हालैको अमेरिकी खर्चबन्दी दोहोरिन सक्ने सम्भावनालाई रोक्ने मनसायले खर्च विधयेकसहितको एक योजनामा हस्ताक्षर गरेका थिए ।

तर अमेरिकी संसद कंग्रेसले उक्त विधयेकमा पर्खाल निर्माणको खर्च नबेहोर्ने भनेपछि ट्रम्पले संकटकाल लगाएर अन्यत्रबाट पैसा जोहो गर्न भन्दै यस्तो कदम चालेका हुन ।

ह्वाइट हाउसको रोज गार्डेनमा उक्त घोषणा गर्दै ट्रम्पले संकटकालीन अवस्थाले सीमा पर्खालका लागि ८ अर्ब डलर प्रदान गर्ने बताए । सैन्य निर्माणका काम र लागुऔसध तस्करीसँग जुझ्ने प्रयासहरुलाई छुट्याइएको बजेटबाट काटेर ३ हजार २ सय किलोमिटर पर्खाल निर्माणमा लगाइनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL