Logo

ट्रम्प–किम दोस्रो शिखर सम्मेलन फेब्रुअरिमा हुँदै, यसरी भयो छलफल

ट्रम्प–किम दोस्रो शिखर सम्मेलन फेब्रुअरिमा हुँदै, यसरी भयो छलफल


रासस
0
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको दोस्रो शिखर सम्मेलन आउदो फेबु्रअरीको अन्त्य तिर हुने अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले जानकारी दिएको छ ।

उत्तर कोरियाको सत्तारुढ दल कोरियन वकर्स पार्टीको केन्द्रीय कमिटिका उपाध्यक्ष किम योङ चोलसँग ओभल अफिसमा अमेरिकी राष्ट्रपति ट्रम्पको भेटपछि राष्ट्रपतिको कार्यालयले यस्तो बताएको हो ।

राष्ट्रपति ट्रम्पले किम योङ चोलसँग साढे १ घण्टा छलफल गरेका छन । ‘छलफलमा आणविक हतियार निःसशस्त्रीकरण र दोस्रो शिखर सम्मेलनका बारेमा छलफल भएको छ’, ह्वाईट हाउसका सञ्चार सचिव सराह सन्डेर्सले भने ।

दशकौँदेखि उत्तर कोरिया र अमेरिकाबीच जारी द्वन्द्व अन्त्य गर्न वार्ताको लागि चोलको नेतृत्वमा उत्तर कोरियाली उच्च अधिकारीको टोली वासिङ्टन भ्रमण आएको हो ।

उनले ट्रम्प र अमेरिकी उच्च अधिकारीहरुसँग विषेश गरेर दोस्रो शिखर सम्मेलनकै बारेमा छलफल गरेको बताएका छन ।
किमको गत नोभेम्बरको सुरुमा नै वासिङटनको भ्रमण गर्ने समय तालिका रहेको थियो । तर त्यस समयमा अमेरिका र उत्तर कोरियाबीचको सम्बन्धमा चीसोपना आएपछि सो भ्रमण रद्द भएको थियो ।

केही दिन अघिमात्र अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता उनलाई दोस्रो शिखर बैठकसम्बन्धी पत्र पठाएको समाचार अमेरिकी सञ्चारमाध्यमले खुलासा गरेको थियो ।

उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीचको सम्बन्ध गत वर्षबाट सुधार भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता उनबीच गत जुनमा सिङ्गापुरमा शिखर वार्ता भएको थियो ।

सो पहिलो शिखर वार्तामा छिट्टै नै अर्काे शिखर वार्ता हुने भनिएपनि आउने फेब्रअरीको अन्त्यमा मात्रै हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL