Logo

कम्पनीको पुनःसंरचना गर्दै जिएम, नाफामा अघि बढ्ने तयारी

कम्पनीको पुनःसंरचना गर्दै जिएम, नाफामा अघि बढ्ने तयारी



काठमाडौं । अमेरिकी मोटर्स कम्पनी जनरल मोटर्स (जिएम) ले सन् २०१९ मा कम्पनीको पुनः संरचना गर्ने जानकारी दिएको छ । कम्पनीले संरचना गर्दै रोजगारी कटौति तथा चीन र अमेरिकामा हुने ठोस विक्रीबाट आफूलाई नाफामा लाने शुक्रबार बताएको हो ।

रोजगारी कटौति गर्ने निर्णयका लागि अमेरिकी राष्ट्रपति तथा राजनितिज्ञबाट आलोचित हुनुपरेको जिएम कम्पनीले पुनः संरचनाबाट कम्पनीलाई २ अर्ब अमेरिकी डलरदेखि दुई अर्ब ५० करोड अमेरिकी डलर थप नाफा गर्ने प्रक्षेपण गरेको छ ।

पुनःसंरचनाले कम्पनीलाई आर्थिक विश्लेषकको अनुमानभन्दा शेयरमा धेरै गुना वृद्धि गर्ने पनि जिएमले जनाएको छ ।

जिएमका कार्यकारिणीहरू चीन–अमेरिका व्यापार सम्झौताप्रति पनि आशावादी देखिएका छन् । उनीहरूले चीनमा यसै हप्ता भएको चीन–अमेरिका वार्तालाई दुवै मुलुकको हितका लागि गरिएको रचनात्मक पहल भनेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL