Logo

१० लाखभन्दा बढी विदेशी भित्र्याउँदै क्यानडा, नेपालको सम्भावना उच्च

१० लाखभन्दा बढी विदेशी भित्र्याउँदै क्यानडा, नेपालको सम्भावना उच्च



काठमाडौं । के तपाईँ क्यानडा जानको लागि भिसा या अन्य केही तयारी गर्दै हुनुहुन्छ ? यदी त्यसो हो भने क्यानडा सरकारले आगामी ३ बर्षका लागि १० लाख विदेशी आप्रवासीका लागि बाटो खुला गर्ने भएको छ ।

क्यानडाको संसदले आगामी ३ बर्षमा नयाँ आप्रावासी थप्ने घोषणा गरेको हो । यो क्यानडाको जनसंख्याको १ प्रतिशत हो । सोही योजना अनुरुप क्यानडाले सन २०१७ मा २ लाख ८६ हजार जनतालाई स्थायी वासिन्दाको रुपमा स्वागत गरेको थियो । उक्त संख्या बढेर २०१८ मा ३ लाख ५० हजार पुग्ने अनुमान गरिएको छ । त्यस्तै २०२० मा ३ लाख ६० हजार र २०२१ मा ३ लाख ७० हजार जना स्थायी रुपमा क्यानडा प्रवेश गर्ने अनुमान गरिएको छ ।

क्यानडाका अध्यागमन मन्त्री अहमद हुसेनले नयाँ आउने क्यानडाका स्थायी बासिन्दालाई स्वागत गरेका छन । उनले आफु पनि सोमालियाको आप्रबासी भएको बताउँदै उक्त प्रक्रियाले बढ्दो जनसक्ती र श्रमशक्तीलाई बढाउँदै जन्मदर घटाउन मद्दत पुग्ने बताए ।

अन्य पश्चिमी देशहरुको तुलनामा क्यानडा आप्रवासीका नीतिमा कडा भने मानिदैन । साथै क्यानडा विदेशी शरणार्थीको सुरक्षामा पनि त्यत्तीकै लचक रहेको पाईन्छ । पछिल्लो समय नेपालबाट पनि बाक्लो रुपमा क्यानडा जाने क्रम बढीरहँदा क्यानडामा नेपाली पनि जाने सम्भावना देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL