Logo

जागुअर ल्यान्ड रोभरले ५ हजार कर्मचारी हटाउँदै, प्रशासनमा धेरै प्रभाव पर्ने

जागुअर ल्यान्ड रोभरले ५ हजार कर्मचारी हटाउँदै, प्रशासनमा धेरै प्रभाव पर्ने



काठमाडौं । बेलायती कम्पनी जागुअर ल्यान्ड रोभरले कम्तीमा ५ हजार कर्मचारी कटौती गर्ने तयारी गरेको छ । कम्पनीले चीनमा ल्यान्ड रोभरको बिक्री घटेको तथा युरोपेली युनियनबाट बेलायत अलग्गिने (ब्रेक्जिट) सम्झौताका कारणे कर्मचारी कटौती गर्ने तयारी गरेको बीबीसीले जानकारी दिएको हो ।

बेलायतको लोकप्रिय कार निर्माता उक्त कम्पनीमा हाल ४० हजारभन्दा बढी बेलायती कार्यरत छन् । हाल यो कम्पनी भारतीय टाटा मोटर्सको स्वामित्वमा रहेको छ ।

बिबिसीको रिपोर्टमा नयाँ व्यवस्थाबाट मार्के्टिङ, व्यवस्थापन र प्रशासनमा सबैभन्दा बढी प्रभाव पर्ने उल्लेख छ । बिबिसीका अनुसार कम्पनीको लगानीमा करिब ३ अर्ब २० करोड कटौती गर्ने प्रस्तावका कारण कर्मचारी कटौती हुन लागेको हो ।

कम्पनीका कारको बिक्री चीनमा ह्वात्तै घटेको छ भने ब्रेक्जिटपछि बेलायतको प्रतिस्पर्धात्मक क्षमतामा असर पर्ने त्रास पनि बढेको छ ।

मार्च २०१९ मा बेलायत युरोपेली युनियनबाट बाहिरिए पनि युरोपेली युनियनमा कम्पनीको एउटा प्लान्ट रहनेछ ।

गत अक्टोबरमा ल्यान्ड क्रुजरले पश्चिमी स्लोभाकीयाको नीट्रामा १ अर्ब ६० करोड लागतमा नयाँ प्लान्ट स्थापना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL