Logo

धन सम्पत्तिले मान्छेलाई सबै कुरा पुग्ला ? विश्वकै धनी जेफ बेजोसले गरे सम्बन्ध विच्छेद

धन सम्पत्तिले मान्छेलाई सबै कुरा पुग्ला ? विश्वकै धनी जेफ बेजोसले गरे सम्बन्ध विच्छेद



काठमाडौं । विश्वकै धनी मानिएका जेफ बेजोसको सम्बन्ध विच्छेदको घटना बाहिर आएको छ ।

बुधबार वेजोसले आफ्नो ट्वीटर ह्यान्डलमार्फत लामो समयसम्मको साथसँगै श्रीमतीसँग सम्बन्ध विच्छेद भएको कुरा उल्लेख गरेका छन ।

धन सम्पत्ति नै सबै कुरा होईन भन्न उनको सम्बन्ध विच्छेदबाटै पुष्टी भएको छ । विहे गरेको २५ बर्षपछि जेफकी श्रीमती म्याकेन्जी बेजोसले सम्बन्ध विच्छेद गरेकी हुन । १९९२ मा जेफ न्यु योर्क स्थित ‘डीई स’ कम्पनीमा काम गरिरहेका बेला उपन्यासकार म्याकेन्जीसँग भेट भएको थियो ।

म्याकेन्जी भने उक्त कम्पनीमा अनुसन्धाताको रुपमा काम गरिरहेकी थिईन । भेट भएको २ बर्ष पछि अर्थात सन १९९४ मा उनीहरुले विवाह गरेका थिए । विहे गरेलगत्तै वेजोस दम्पती वासिङ्टन आए जहाँ बेजोसले आफ्नो कम्पनी ‘अमेजन’को स्थापना गरे ।

उनीहरुसँग हाल हाल ३ छोरा, र एक छोरी छन । उनीहरुले विवाह गरेको २५ बर्षपछि बुधबार सम्बन्ध विच्छेद गरेका हुन । जेफ बेजोसको हाल कुल सम्पत्ती १ सय ३६ दशमलव २ विलियन डलर रहेको छ । उनको यो सम्बन्ध विच्छेदपछि उनको कुल सम्पत्तीमा कति असर पर्छ हालसम्म खुलाईएको छैन ।

यदि उक्त सम्बन्ध विच्छेदबाट आधा सम्पत्ती म्याकेन्जी बेजोसले पाएपछि करिव ६८ विलियन डलर पाउनेछिन र संसारकै पाँचौ धनि ब्यक्ती पनि हुनेछिन । र यो सम्बन्ध विच्छेद संसारकै महंगो सम्बन्ध विच्छेदका रुपमा मानिने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL