Logo

ब्याजदर बढाउने विषयमा ट्रम्पको अब्जेक्सन, के होला पावेलको नियुक्ती

ब्याजदर बढाउने विषयमा ट्रम्पको अब्जेक्सन, के होला पावेलको नियुक्ती



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंकका अध्यक्ष जेरोम पावेलको विरुद्धमा मङ्गलबार पुनः आक्रोश व्यक्त गरेका छन । बैंक ब्याजदर वृद्धिको पक्षमा उभिएका पावेलका कारण आर्थिक वृद्धिमा जोखिम आउने खतरा रहेको राष्ट्रपति ट्रम्पको आरोप छ ।

अमेरिकी अखबार वालस्ट्रिट जर्नललाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले पावेललाई बैंकको अध्यक्ष बनाएर गल्ती गरेको समेत बताएका छन । ‘हरेक पटक हामीले ठूलै कदम चालेका हुन्छौं, तर उनी (पावेल) ब्याजदर बढाउँछन,’ उनले भने ।

राष्ट्रपति ट्रम्पले आक्रोशित हुँदै भने, पावेललाई ब्याजदर बढाउनुमा नै सन्तोष लागेकोजस्तो देख्दैछु ।

उनले गत साता पनि केन्द्रीय बैंक (फेडरल रिजर्भ) नै आफ्ना लागि सबैभन्दा ठूलो खतरा रहेको बताएका थिए । राष्ट्रपति ट्रम्पले पावेलको हिँडाई आफूले सोचेभन्दा धेरै छिटो रहेको प्रतिक्रिया दिएका छन ।

यसैवर्ष मात्र केन्द्रीय बैंकले अर्थतन्त्रलाई नियन्त्रणमा राख्न भन्दै ब्याजदर तीनपटक वृद्धि गरिसकेको छ । डिसेम्बरमा पुनः ब्याजदर शून्य दशमलब २५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।

अमेरिकी राष्ट्रपतिहरुले विगतमा बैंकको स्वतन्त्रतालाई सम्मान गर्दै ब्याजदरजस्ता विषयमा मौन रहने गर्दथे । तर राष्ट्रपति ट्रम्पले बैंकका नीतिहरुमाथि कडा टिप्पणी गर्दैै आएका छन ।

अमेरिकी केन्द्रीय बैंकका अध्यक्षको पदावधि ४ वर्षको हुन्छ, र पावेलको पदावधि यसै वर्षको फेब्रुअरीबाट शुरु भएको हो । ट्रम्पले भने उनि (पावेल) न्यून ब्याजदर रुचाउने व्यक्ति होलान भन्ने मेरो सोचाई थियो । तर उनि त त्यस्तो होइन रहेछन ।

राष्ट्रपति ट्रम्पको विचारमा केन्द्रीय बैंकले अमेरिकी अर्थतन्त्रमा ठूलो चुनौती खडा गरेको छ, र ब्याजदर उच्च हुँदा अर्थतन्त्रको वृद्धि न्यून हुने र राष्ट्रिय ऋणको भार बढ्ने हुन्छ ।
‘मेरा लागि अहिले बैंकको नीति सबैभन्दा ठूलो जोखिम हो, किनभने मेरो विचारमा भने ।

अमेरिकी आर्थिक वृद्धि दोस्रो चौमासिकमा ४ दशमलव २ प्रतिशत पुगेको छ र यो चारवर्ष यताकै सबैभन्दा उच्च हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL