Logo

विश्वको आर्थिक वृद्धिदर ३ दशमलब ७ प्रतिशत, आगामी बर्ष अझै घट्ने

विश्वको आर्थिक वृद्धिदर ३ दशमलब ७ प्रतिशत, आगामी बर्ष अझै घट्ने



काठमाडौं । अन्तर्रा्ष्ट्रिय मुद्रा कोषले विश्वको आर्थिक वृद्धिदर ३ दशमलव ७ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

बढ्दो व्यापारिक तनाव र ऋणको भारका कारण यस वर्ष (सन् २०१८) को आर्थिक वृद्धिदर ३ दशमलव ७ प्रतिशतको हाराहारीमा रहने मुद्रा कोषले जानकारी दिएको छ । यस्तै आगामी वर्ष भने आर्थिक वृद्धिमा कमी आउन सक्ने कोषको भनाइ छ ।

संयुक्तराज्य अमेरिका र चीनबीचको बढ्दो व्यापार तनावले व्यापार क्षेत्रको वृद्धिमा कमी आउने भएकाले पनि कोषले सन् २०१८ र २०१९ को विश्वको आर्थिक वृद्धिदर ३ दशमलब ७ प्रतिशत कायम गरेको छ, कोषले सोमबार सार्वजनिक गरेको विश्व आर्थिक परिदृश्य प्रतिवेदनमा भनिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL