Logo

अमेरिका चीन व्यापार युद्ध: अमेरिकी करवृद्धिको जवाफ चीनले दिने

अमेरिका चीन व्यापार युद्ध: अमेरिकी करवृद्धिको जवाफ चीनले दिने



काठमाडौं । चीनको विदेश मन्त्रालयले अमेरिकाले चिनियाँ सामानमा लगाएको कर विरुद्ध जवाफ दिने जानकारी दिएको छ । केहि समयदेखि सञ्चारमाध्यममा आएको हल्ला अमेरिकाले कार्यान्वयनमा ल्याए बेईजिङले पनि यसको यथोचित जवाफ दिन मन्त्रालयले जानकारी दिएको छ ।
केहि समयदेखि सञ्चारमाध्यममा अमेरिकाले चीनबाट आउने सामानमा नयाँ २ अर्ब अमेरिकी डलर बराबरको कर वृद्धि गर्ने निर्णय भएको जानकारी आएको छ ।
‘यदि अमेरिकाले चीन पठाउने थप सामानमा नयाँ कर वृद्धिको घोषणा गरेमा बेइजिङले यसविरूद्ध नयाँ उपायको घोषणा गरी आफ्नो कानुनी अधिकार चाहनालाई प्रत्याभूत गर्नेछ,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुवाङले भने ।

विश्वका यि २ शक्ति राष्ट्रहरूबीच विगत केही महिनादेखि व्यापार युद्ध चलिरहेको छ जसका कारण दुबै मुलुकका ग्राहकलाई प्रभावित तुल्याएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यसपहिलेदेखि नै चीनबाट अमेरिका आयात हुने ५० अर्ब अमेरिकी डलर बराबरको सामानमा २५ प्रतिशत कर बढाएको थियो । बदलामा चीनले पनि अमेरिकाबाट चीन ल्याउने सामानमा कर वृद्धि गरेको थियो ।

हालै वासिङटनले व्यापार विवादबारे नयाँ वार्ता गर्न गरेको आह्वानलाई गत हप्ता स्वागत गरेको थियो । यस बिषयमा दुई पक्षबीच छलफल चलिरहेको थियो जसले विश्वका दुई शक्तिशाली अर्थतन्त्र भएका मुलुक व्यापार युद्धबाट फिर्ता हुने आशा पलाएको थियो ।

गत साताको अन्तमा अमेरिकी ‘वाल स्ट्रिट जर्नल’ ले राष्ट्रपति ट्रम्पलाई उद्धृत गरी अमेरिकाले चीनबाट आयात हुने सामानमा २ खर्ब अमेरिकी डलर बराबरको कर लगाउन लागिएको जनाएको थियो । उक्त कदमले वार्तालाई रद्द गर्ने निर्णय लिन बाध्य पार्नेे चिनियाँ अधिकारीले बताएका छन् ।

अमेरिकाले चीनबाट करिब ५०० अर्ब अमेरिकी डलर बराबरको सामान आयात गर्छ ।

अमेरिकाले चिनियाँ सामानमा नयाँ कर लगाउने निर्णयले चिनियाँ स्टक बजारमा सोमबार नै एक प्रतिशतले गिरावट देखिएको छ । साङ्घाई कम्पोजिट इन्डेक्स सन् २०१४ पछि पहिलो पटक निम्न विन्दुमा झरी २ हजार ६ सय ५१ दशमलव ७९ पुगेको छ ।

अमेरिका र चीनबीच व्याप्त व्यापार विवादले कसैको पनि हित नगर्ने, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङले बताए ।

हामीले समानता, इमान्दारिता, आपसी सम्मानसहित हुने वार्ताले अमेरिका र चीनबीच व्याप्त वर्तमान व्यापार विवादलाई सही दिशा दिने बताउँदै आएका छौँ, प्रवक्ता गेङले भने ।

तर यसको प्रतिक्रिया स्वरूप अमेरिकी राष्ट्रपति ट्रम्पले कर वृद्धिको चेतावनी दिएका छन । बेइजिङले अमेरिकाबाट चीनमा आयात गर्ने छाला, कोका क्रिम र कन्डोमलगायतका सामानमा ६० अर्ब अमेरिकी डलर बराबरको कर वृद्धि गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL