Logo

श्वेतपत्रमार्फत जापानमा कामदार अभाव भएको घोषणा, नेपालीले पाउलान अबसर !

श्वेतपत्रमार्फत जापानमा कामदार अभाव भएको घोषणा, नेपालीले पाउलान अबसर !



टोकियो । जापानले शुक्रबार श्वेतपत्र जारी गर्दै कामदार अभाव भएको घोषणा गरेको छ । कामदारहरुको अत्यधिक अभाव हुदै गएको सरकारी निकायबाटै शुक्रबार घोषणा भएको हो ।

सरकारले सार्वजनिक गरेको बार्षिक श्वेतपत्रमा विगत दुई दशकदेखि मुलुकमा कामदारको अभाव हँुदै गएको र त्यो क्रम पछिल्लो समयमा थप बढेको उल्लेख छ ।

जापानको मन्त्री परिषद्को कार्यालयद्वारा जारी स्वेतपत्रका अनुसार कतिपय उद्योगहरूले यातायात सेवा र निर्माण कार्यमा चाहिने कामदारहरूको अभावको समस्या झेलिरहेका छन ।
यस अघि जापानले नेपालबाट जिट्को प्रणालीमार्फत नेपालबाट कृषि लगायतका क्षेत्रमा कामदार लैजादै आएको छ । जापानले सरकारी स्तरबाटै नेपालबाट कामदार लैजान थालेको हो । श्वेतपत्र मार्फत यातायात र निर्माण सेवामा जापानले कामदार अभाव भएको घोषणा गरेसँगै त्यस्ता क्षेत्रमा पनि सरकारी पहलबाट नेपाली कामदार पठाउन सकिने सम्बद्ध व्यवसायीहरु बताउँछन् । जापान नेपाली कामदारको लागि राम्रो गन्तव्य मुलुक हो ।

कामदार घट्ने चुनौतिलाई सामना गर्नका लागि जापानले प्रविधिमा अझ बढी लगानी गर्न पनि स्वेतपत्रमा सुझाव दिइएको छ ।
‘हामीले जनशक्तिको विकासका लागि लगानी गर्ने र चौथो औद्योगिक क्रान्तिका विषेशताहरूलाई लागु गर्ने विषय आफैमा गम्भीर अवस्थामा पुगेको छ,’ स्वेतपत्रमा भनिएको छ ।

पछिल्ला केही दशकदेखि जनसंख्या घट्नेक्रम चलिरहेकाले त्यो समस्याबाट जापान प्रभावित भएको छ । गत सन् २०१६ मा हरेक १ हजारमा बार्षिक ७.६ प्रतिशतका दरले जन्मदर घटेको छ । यो दर सन् १८९९ पछिकै सवैभन्दा कम भएको अधिकारीहरूले बताएका छन ।

जापानका प्रधानमन्त्री सिन्जे आवेले जनसंंख्या न्यनुनिकरणलाई नियन्त्रण गर्न चाहेको बताउँदै त्यसका लागि चरण चरणका योजनाहरु बनाइएको पनि जानकारी दिएका छन् ।

जापानका घट्दै गरेको जनसंख्या र बढ्दो कामदारको मागलाई ध्यानमा राखेर विभिन्न नयाँ नीतिगत व्यवस्था गर्न पनि स्वेतपत्रमा सुझाव दिइएको छ /रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
MBL