Logo

निजी क्षेत्रको ‘इन्कार’पछि संकटमा एयर इण्डिया, भारत सरकारले २१ अर्ब थप लगानी गर्ने

निजी क्षेत्रको ‘इन्कार’पछि संकटमा एयर इण्डिया, भारत सरकारले २१ अर्ब थप लगानी गर्ने



आर्थिक संकटका कारण सञ्चालनमै समस्या आएको भारतको राष्ट्रिय ध्वजाबाहक एयर इण्डियामा सरकारले २१ अर्ब भारु लगानी थप गर्ने भएको छ । यो रकम सरकारले बुधबार नै एयर इण्डियालाई बुझाई सकेको छ ।

एयर इण्डियाको सञ्चालनलाई नियमितता दिन सरकारले लगानी थपेको अधिकारीहरुले जनाएका छन् ।

बर्षौं अघिदेखि सञ्चालनकै लागि संघर्ष गरिरहेको एयर इण्डिया बन्द हुनबाट रोक्न सन् २०१२ मै चार अर्ब ५० करोड डलर आवश्यक थियो ।

तर, कम्पनीका अधिकारीहरु भने सञ्चालनका लागि थप रकम आवश्यक पर्ने अथवा नपर्ने विषयमा प्रतिक्रिया दिएका छैनन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी र उनको सरकारले एयर इण्डियामा ऋण बढ्दै गएपछि यसमा निजी क्षेत्रको संलग्नता पनि खोजिरहेको थियो । यसका लागि एयर इण्डियाको सेयर विक्रि गरेर करिब १२ अर्ब डलर उठाउने सरकारको लक्ष्य थियो ।

तर, मे ३१ सम्मका लागि तोकिएको सेयर विक्रि सम्बन्धि टेण्टरमा एयर इण्डियाले एउटा पनि निवेदन प्राप्त गर्न सकेन । यो घटना पछि भारत सरकार फेरी एक पटक सेयर विक्रिको प्रस्ताव बाहिर ल्याउने तयारीमा छ ।

विश्लेषकहरुले रकम लगानी नगरे संस्था ७ अर्ब डलर भन्दा बढी ऋणमा डुब्ने जनाएका थिए । सेण्टर फर एसिया प्यासिफिक एभिएसनले एयर इण्डियाले आगामी दुई वर्षभित्र दुई अर्ब डलर गुमाउने अनुमान गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL