Logo

अबैधानिक रुपमा विदेशी कामदार भित्र्याएको आरोपमा मलेशियाली पुर्वगृहमन्त्री मुछीए, तीन कम्पनी छानविनमा

अबैधानिक रुपमा विदेशी कामदार भित्र्याएको आरोपमा मलेशियाली पुर्वगृहमन्त्री मुछीए, तीन कम्पनी छानविनमा



काठमाडौं । मलेसिया एन्टी करप्सन कमिसन (एमएसीसी) ले मलेसियाका पुर्वगृहमन्त्री माथि छानविन थालेको छ ।

विदेशी अवैध कामदारलाई वैध बनाउने कार्यमा संलग्न रहको शंकामा पुर्वगृहमन्त्री दातुक सेरी अहमद जाहिद हमिदीमाथि छानविन सुरु गरेको पर्ती इकोनोमी रक्यात मलेसियाका अध्यक्ष मोहद रिजुवान अव्दुल्लाहले जानकारी दिए ।

नयाँ सरकारले भ्रष्टाचार नियन्त्रणका लागि कडाइका साथ लागि परेको बताउँदै एमएसीसीले पनि यसमा राम्रो साथ दिने आसा व्यक्त गरेका छन ।

गएको जुन २१ मा रिजुवानले पुर्व गृहमन्त्री विरुद्ध विदेशी कामदारलाई अवैधानिक तरिकाले भित्र्याएको आरोपमा उजुरी गरेका थिए । यसका साथै एमएसीसीलाई पुर्वगृहमन्त्रीको संलग्नतामा रहेका अन्य ३ कम्पनीलाई पनि अनुसन्धान गर्न आग्रह गरिएको छ । एमवाइइजी सर्भीसेज, स्यारीकाट बुक्ती मेगा सर्भीसेज तथा आईम्यान रिसोर्सेजमाथि पनि छानविन गरिने भएको हो ।

साथै उनले मन्त्रालयको दुरुपयोग गर्दै बारिसान नेसनल सरकारको छवि विगारेको पनि बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL