Logo

तेल माग्दै साउदी पुगे अमेरिकी राष्ट्रपति, उत्पादन बढाउन साउदी अरब सहमत

तेल माग्दै साउदी पुगे अमेरिकी राष्ट्रपति, उत्पादन बढाउन साउदी अरब सहमत



काठमाडौं । साउदी अरबका राज सलमानले तेलको उत्पादनलाई बढाउन सहमत भएकाछ छन । तेल उत्पादनका लागि गरिएको आग्रहलाई साउदी राजा सलमानले सहमति जनाएको शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिएका छन ।

संयुक्त राज्य अमेरिकाले आगामी नोभेम्बरपछि इरानविरुद्ध कडा प्रतिबन्ध लगाउन लागेको गत मङ्गलबार अमेरिकाले जानकारी गराएको थियो । अमेरिकी प्रशासनले इरानसँग कारोबार गरेर इरानलाई आर्थिक रूपमा सहज नपार्न आग्रह गरेको थियो ।

तेल निर्यातकर्ता मुलुकहरूको संगठन (ओपेक) को तेस्रो ठूलो तेल उत्पादकले प्रतिदिन २० करोड ब्यारेल तेल निर्यात गर्ने गरेको सन्दर्भ यहाँ उल्लेख गर्नु सान्दर्भिक हुनेछ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले भने ‘भर्खरै मैले साउदी राजा सलमानसँग कुरा गरेको छु । इरान र भेनेजुयालामा देखिएको अस्तव्यस्तताका कारण साउदी अरबसँग तेल उत्पादन बढाउन भनेको छु । सम्भवत साउदी अरबले प्रतिदिन २० लाख व्यारेल उत्पादन गर्नेछ । उनि सहमत भएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL