Logo

विश्वकपको लगानीले रसियामा २ प्रतिशतको आर्थिक वृद्धि, १३ लाख दर्शकले म्याच हेर्ने

विश्वकपको लगानीले रसियामा २ प्रतिशतको आर्थिक वृद्धि, १३ लाख दर्शकले म्याच हेर्ने



काठमाडौं । आगामी हप्तादेखि शुरु हुन लागेको विश्व कप फुटबलले रुसको अर्थतन्त्रमा छोटो समयको लागि केहि मात्रामा असर पुर्याउने अर्थशास्त्रीले बताएका छन् । तर, त्यसमा मस्कोको धारणा भने फरक छ । मस्कोका अनुसार विश्वकपका लागि पुर्वाधार निर्माणमा १० औँ करोड खर्च भएको रकम चुक्ता हुने छ । सन् २०१० मा रुस विश्वकपमा छनोट भएदेखि मस्कोले विदेशी आगन्तुक र उनीहरुले गरेको खर्चको माध्यमबाट रुसलाई विश्वको सर्वशक्तीमानका रुपमा अघि बढाउने अठोट लिएको थियो ।

तर केही अर्थशास्त्रीहरुले उनीहरुको यो अठोटलाई चिसो पानी खन्याउँदै महिना दिन लामो आयोजनाले छोटो समयको लागि केही मात्रामा मात्रै अर्थतन्त्र सकारात्मक हुने बताए । हुनत पुर्वाधारहरुको स्तरोन्नतीमा लागेको खर्चले पर्यटन र यसको प्रवद्र्धनमा वृद्धि नहुने भने होइन । क्रेडिट रेटिङ एजेन्सीका विश्लेषक मुडिले भने, ‘यति ठुलो देशमा सिमित समयमा हुन लागेको आयोजनाले सिमित मात्रामा मात्रै देसको आर्थिक अवस्थामा असर पार्ने छ ।’

नयाँ रङगशाला र पुरान संरचना सुधारमा करोडौँ डलर खर्च गरेको रुसले पहिलोपटक विश्वको प्रतिस्ठित विश्वकपको आयोजना गर्दैछ । रुसका विभिन्न ११ ओटा रङगशालामा हुने उक्त विश्वकप जुन १४ देखि जुलाइ १५ सम्म चल्नेछ । स्थानीय आयोजक समितिले लगभल ५ लाख ७० हजार विदेशी र ७ लाख रुसी नागरिकले विश्वकपका म्याचहरु हेर्ने अनुमान लगाएको छ । यसका अतिरिक्त रुसले विश्वकपमा प्रयोग गर्न लागेका समरा, सरान्सक र निझ्नी नोवगोरोड जस्ता रङगशालामा निगरानी गर्नका लागि राखिएका क्यामेराहरुले बढिभन्दा बढि रोजगारीको सिर्जना गर्नेछन ।

प्राय सरकारी अधिकारीहरु विश्वकपले रुसमा पार्ने आर्थिक प्रभावको मूल्याङकन राख्न अनिच्छुक देखिन्थे । तर, रुसी उपप्रधानमन्त्री आर्कडी डोर्काभिकले गएको महिना विश्वकपको तयारीका लागि नलागेको भए हाल भइरहेको आर्थिक उपलब्धी हाँसिल गर्न नसकिने दावी गरे । अर्थशास्त्रीहरुले डोर्काभिकले गरेको भाषणको व्याख्या गर्दै विश्वकपमा गरेको लगानीले यो बर्षको विस्तारको कारण गएको बर्षको १ दशमलव ५ देखि २ प्रतिशतसम्मको वृद्धि भएको जानकारी दिए ।

विश्लेषक मुडिका अनुसार खाद्य, होटल, टेलिकम तथा यातायात उद्योगहरुले राजस्व वृद्धि गरेपनि रुसको कर्पाेरेट क्षेत्रमा भने यसको असर सिमित हुनेछ । उनले भने, ‘पुनर्निर्माण कम्पनीहरु भने यसको मुख्य लाभदायी भए । तिनीहरुले चाहिनेजति फाइदा पनि लिइसकेका छन ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL