Logo

यसरी बढ्दैछ चीनमा विद्युतीय कारको हिस्सा, अबको २० बर्षमा ५६ करोड विद्युतीय सवारीसाधन विश्वको सडकमा

यसरी बढ्दैछ चीनमा विद्युतीय कारको हिस्सा, अबको २० बर्षमा ५६ करोड विद्युतीय सवारीसाधन विश्वको सडकमा



काठमाडौं । चीनले आफ्नो विद्युतीय सवारीको बिक्री उच्च रुपले वृृद्धि गरिरहेको छ । चीनको विद्युतीय सवारीको बिक्रीले पछिल्लो ७ बर्षमा विश्वको आधा हिस्सा ओगटेको देखिन्छ ।

सन् २०१७ मा विश्व विद्युतीय सवारीको पाँचौ हिस्सा चीनका ६ ओटा सहरहरुले ओगटेका थिए जहाँ आन्तरिक दहन इन्जिन प्रयोग गर्न कठोर प्रतिबन्ध लगाइएको छ । ‘ब्लुमवर्ग इलेक्ट्रिक भेहिकल आउटलुक २०१८’ का अनुसार सन २०२५ सम्म विश्व बजारमा विद्युतीय सवारीसाधनको बिक्री १० गुणाले बढेर चीनको १ करोड १० लाखको सवारीसाधनहरु रहेका छन ।

साथै अन्य देशहरु सन २०२५ सम्म चिनमा विद्युतीय सवारी खरिदमा १९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ । हाल युरोपमा १४ प्रतिशत र अमेरिकाको ११ प्रतिशतको रहेकोमा सोको तुलनामा चीन अगाढि बढ्ने देखिन्छ । सन २०२० को मध्यतिर विद्युतीय सवारीको मूल्य अन्य इन्जिनयुक्त गाडीको बराबर हुने अनुमान गरिएको छ ।

एकचोटि सो सवारीको बिक्रीले ‘टेक्टोनिक सिफ्ट’ को रुप लिने पनि अनुमान गरिएको छ । साथै यसले सन २०३० सम्ममा आफ्नोे हिस्सा चिनमा मात्रै ३ करोड डलरले बढाउने अनुमान गरिएको छ । सन २०१० देखि ब्याट्रिको मूल्यमा पनि ठुलो गिरावट आएको छ । २०१० देखि ब्याट्रिको मूल्यमा ७० देखि ८० डलर प्रति कीलोवाट पुगेको छ । साथै सन २०३० सम्ममा ब्याट्रिको मूल्यमा उच्च गिरावट आइ ७० डलर प्रति किलोवाट पुग्ने अनुमान गरिएको छ ।

ब्याट्रिको उर्जा घनत्व भने प्रत्येक बर्ष पछाडि रहेको छ । अमेरिकाले सन २०१७ को कुल कार बिक्रीको जम्मा १ प्रतिशत मात्रै विद्युतीय कार विक्री गरेको छ । अमेरिकामा २०१८ को अप्रिलमा २० हजार जनाले कार बिक्री गरे चीनमा भने ७२ हजार जनाले कार बिक्री गरेका थिए । हाल अमेरिकाका कार बिक्रेतासँग ४० मोडलका कारहरु छन जुन सन २०२२ सम्ममा १ सय मोडल कारहरु बिक्री हुनेछन ।

सन २०१९ देखि चीनले नयाँ उर्जा क्रेडिट सिस्टममा आधारित भएर विद्युतीय सवारीका धेरै जसो उद्योगहरु स्थापना गर्नुपर्ने देखिन्छ । धेरै विद्युतीय सवारीको प्रयोग मतलव स्वस्थ्य हावा, वातावरण र इन्धनको न्युन आयात पनि हो । सन २०४० सम्म २० करोडओटा विद्युतीय कारहरु चीनको सडकमा गुडनेछन । जुन चीनका सबै सवारी साधन मध्ये विद्युतीय सवारी साधनहरु ६० प्रतिशत हुनेछन ।

विश्वमा भने सन २०४० सम्म ५५ करोड ९० लाख विद्युतीय सवारी साधनहरु हुनेछन जुन विश्वको सवारी साधनको एक तिहाइ हो । सो समयमा विद्युतीय सवारी साधनहरुले ७० लाख ३० हजार ब्यारल इन्धनको खपतलाइ स्थानान्तरण गर्नेछन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL