Logo

मलेसियाली प्रधानमन्त्रीद्वारा सरकारी खर्च र मन्त्रीमण्डलको तलवमा कटौति, नेपालको बजेटले के गर्ला

मलेसियाली प्रधानमन्त्रीद्वारा सरकारी खर्च र मन्त्रीमण्डलको तलवमा कटौति, नेपालको बजेटले के गर्ला



क्वालालम्पुर, मलेसिया ।  मलेसियाका नवनिर्वाचित प्रधानमन्त्री महाथिर मोहम्मदले बुधबार आफ्नो सरकारका मन्त्रीहरूको सुविधामा १० प्रतिशतले कटौति गर्ने घोषणा गरेका हुन् ।

सरकारको उच्च खर्चलाई कटौति गर्ने लक्ष्य अनुरूप महाथिर मोहम्मदले नेताले सरकारी खर्चलाई २ खर्ब ५१ अर्ब ५ करोड अमेरिकी डलरमा झार्ने जानकारी दिएका हुन् ।

मलेसियाको विकासका सुत्रधार मानिने प्रधानमन्त्री महाथिरले यस पहिले करिब २२ वर्ष मलेसियाको सरकारको नेतृत्व सम्हालेका आफ्नो मन्त्रीपरिषद्को पहिलो बैठकमा मलेसियाको सरकारी खर्चमा कटौति गर्ने बताएका हुन् । बुधबार बसेको बैठकमा नयाँ सरकारका लागि सपथ खाएका एक दर्जनभन्दा बढी मन्त्रीहरूको उपस्थिति रहेको थियो ।

‘हामी राष्ट्रको आर्थिक समस्याप्रति सजक छौँ,’ महाथिर मोहम्मदले भने, ‘हामीले अन्य उच्च सरकारी कर्मचारीको हकमा सुविधा कटौतिलाई बाध्यकारी बनाउने छैनौ । तर यदि कसैले देशका लागि योगदान गर्न चाहन्छ भने उनीहरू स्वतन्त्र छन ।’

निर्वाचन अभियानका समय गरेका प्रतिवद्धतालाई प्रधानमन्त्रीले आफूले सत्ता सम्हालेकै दिनदेखि कार्यान्वयनमा लाने प्रयास गरिरहेको जानकारी दिए । यसै अनुरूप उनले विभिन्न करको दायरालाई समेत परिवर्तन गर्न अग्रसरता लिएका छन् ।

‘हाल मलेसियाको ऋण यहाँको कुल ग्राहस्थ उत्पादनको झण्डै ६५ प्रतिशत रहेको छ,’ पत्रकार सम्मेलनमा प्रधानमन्त्री महाथिरले भने, ‘पारिश्रमिकमा कटौतिबाहेक देशको अर्थतन्त्रलाई उकास्ने अन्य उपाय पनि छन् अब सानो आकारको मन्त्रीमण्डलका अलावा राज्यको विदेशमा उठ्न बाँकी कोषलाई पनि उठाउन पहल गरिने छ ।’

उनले सार्वजनिक यातायात आयोगलाई निलम्वन गर्ने र यसको काम यातायात मन्त्रालयबाट गर्ने तथा अनावश्यक देखिने अन्य कैयौँ संघसंस्थालाई पनि निलम्बन गरिने घोषणा गरेका छन् ।

यसैगरी नेपालमा पनि वामगठबन्धनको दुई तिहाई बहुमत सरकारले नयाँ बजेट ल्याउँदैछ । उक्त सरकारले पनि बजेटमार्फत अनावश्यक सरकारी खर्च कटौती गर्छ वा गर्दैन हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL