Logo

विश्वकै ध्यान खिचेको बेलायती राजकुमार ह्यारीको बिवाहमा कति लाग्यो खर्च ?

विश्वकै ध्यान खिचेको बेलायती राजकुमार ह्यारीको बिवाहमा कति लाग्यो खर्च ?


सिएनएन
0
Shares

काठमाडौं । विश्वमै चर्चाको विषय बनेको बेलायती राजकुमार ह्यारी र मेघान मार्कलबीचको राजकीय विवाहमा कति खर्च भयो होला ? यो सबैको उत्सुकताको विषय बनेको छ ।

शनिबार सम्पन्न राजकीय विवाहको सवैभन्दा चर्चाको विषय नै उनीहरुको विवाहको खर्चको हो । राजकीय विवाह कत्तिको महङगो हुन्छ होला सोच्नसक्नुहुन्छ ? सबैलाइ थाहा छ विवाह महङगो हुन्छ, सो विवाहका विवाह व्यवस्थापकले सरदर खर्च साढे १० लाख पाउन्ड लागेको अनुमान लगाएका छन ।

‘लक्जरी ब्रीटीस इभेन्ट म्यानेजमेन्ट, बनाना स्प्लिट’ का अध्यक्ष जेमी सिमोनका अनुसार जति भव्य विवाह भएपनि हालसम्म १० लाख पाउन्डभन्दा बढि मुल्यका विवाह आएका छैैनन । तर उक्त विवाहमा के कति खर्च भयो भन्ने कुरा निम्न प्रकारका विभिन्न सुचकहरुले बताउनेछन । जसलाइ सो राजकीय विबाहको मुख्य लागत सुचकका रुपमा राखिएको छ ।

पोशाक :

राजकुमार ह्यारीको विवाहमा दुलहा दुलहीले लाउने पोशाकको बारेमा विवाह हुनुभन्दा महिना दिन पहिले देखि नै बजारमा हल्ला पैmलिन थालेका थिए । जसमा मेघान मार्केलले विवाहको उत्सवमा लाउने पोशाक कस्ले डिजाइन गरेको होला भनि विभिन्न किसिमका अफवाहहरु पैmलिरहेका थिए ।

इन्गेजमेन्टका क्रममा मर्केलले लगाएको कालो र सुनौलो रङको पहिरन लगभग ७५ हजार अमेरिकन डलर बराबरको हो । जसलाइ राल्फ एन्ड रुस्सो ब्रान्डले डिजाइन गरेको थियो । फेसन हाउसले उक्त पोशाकको बारेमा र यसको मूल्यको बारेमा बताउन नमानेपनि सेलिब्रीटी स्तरीय विवाह व्यबस्थापक मार्क नियमिर्काेले मार्केलकोे विवाहकोे लागि लगभग ३ लाख ४० हजार अमेरिकन डलर पोशाकका लागि मात्रै खर्च भएको बताइन ।

सुरक्षा :

यस्तै राजकीय विवाहमा अर्काे सवैभन्दा धेरै खर्च हुने पक्ष भनेको सुरक्षा पनि हो जसअनुसार बेलायती सरकारले उक्त विवाहको लागि लगभग ३६ लाख पाउन्ड अनुदानसहित ओभरटाइम खटिने गरी प्रहरीको व्यवस्था गरेको थियो ।

त्यस्तै मध्य लन्डनमा भएको सो विवाह राजधानीभन्दा बाहिर विन्स्डन भन्ने ठाउँमा भएको थियो । जहाँ सुरक्षाका हिसावले सुरक्षा खर्च केही हदसम्म घटेको थियो ।

विवाह स्थान :

सो विवाहमा ३ ओटा मुख्य स्थान रहेका थिए । विवाह समारोहको लागि चपेल, दिवा स्वागतका लागि ६ सय जना अट्ने हल र रात्री स्वागतको लागि २ सय जना अट्ने कन्ट्री हाउस रहेका थिए ।

विवाह समारोह र पहिलो स्वागत कार्यक्रम विन्स्डन दरबारको चौरमा भएको थियो, भने रात्री स्वागत समारोह उक्त प्रान्तकै ठुलो घर फ्रोगमोरमा भएको हो । यी स्थानहरु राजकीय स्थानहरु हुन जहाँ सम्पुर्ण समारोहको कुनै पनि शुल्क लागेन । तर ‘लक्जरी वेडिङ प्लानर’ एमी डुन्नेले अन्य कर्मचारी र खानपीनको लागत भने अत्यधिक लागेको बताइन ।

स्वागत समारोह :

विवाहमा स्वागत समारोहले पनि उत्तिकै मात्रामा खर्च बढाउने कार्य गर्दछ । त्यस्तै राजकुमार ह्यारीको राजकीय विवाहमा भने ६ सय जनाको लागि खाजा र २ सय जनाको लागि खानाको बन्दोबस्त भएको ठाउँमा महङगो त हुनेनै भयो । त्यसमा पनि राजकीय खानदान ।

राजकुमार ह्यारीका तर्फबाट विवाह योजनाकारका रुपमा उपस्थित नियमार्काेका अनुसार विवाहमा उपस्थित प्रत्येक ब्यक्तिका लागि लगभग १ सय अमेरिकन डलर मूल्यको खाना र पेय पदार्थमा खर्च गरियो जसअनुरुप ६ सय जनाको लगभग ८१ हजार ५ सय डलर पर्न आयो ।

यो त भयो राजकुमार ह्यारीको तर्फबाट खर्च त्यस्तै उता रात्रीकालीन खानाको लागि मेघान मार्केलका तर्फबाट २ सय जना आगन्तुकलाइै १ जनाको ३ सय ४० डलरका हिसावले २ सय जनाको ६८ हजार डलर खर्च भयो ।

केक :

सो विवाहमा अर्काे चर्चाको विषय बन्न पुगेको केकको खर्च पनि हो । लन्डनस्थित बेकरी सेफ क्लेइर पिटकले ‘लेमन इल्डरफ्लावर’ नामक केक बनाएका थिए । उनले सो केकको मूल्य भने बताएनन ।

तर उनका अनुसार सो केक हजारौं खर्च गर्न सक्नेको लागि पनि असामान्य छ । मतलव केकमा मात्रै हजारौं खर्च गर्ने मानिसहरुका लागि पनि सो केक धेरै महङगो पर्न आउँछ । बनाना स्प्लिीटका सिमोनका अनुसार यो केक कति ठुलोका हिसावमा भन्दा पनि यसको जटिलताको हिसावमा महङगो पर्न आउँछ । उनका अनुसार केकमा भएका हातबाट निर्मीत चिनीका गुलावका फुलहरुको मूल्य पनि प्रतिफुल लगभग १३ हजार ५ सय डलर का थिए ।

सजावटका फुलहरु :

फुल पनि विवाहको वजेटभित्र पर्दछ । चापलको सजावटका लागि लन्डनस्थित फ्लोरिष्ट फिलीप्पा क्र्याडकलाइ सुम्पिइएको छ । केनसिङटेन दरबारका अनुसार फिलीप्पा क्र्याडकले सो सजावटका लागि बगैँचाका सेता गुलावहरु र पीयोनिजहरु प्रयोग गरेकी थिईन् ।

प्रायजसो फुलहरु राजकीय बगैँचा बाट उपलब्ध गरिनेछ । स्थानीय स्रोतले पनि फुलको लागत कम गराउन मद्धत पुग्न सक्छ । तर पनि सिमोनको अनुमानमा सो विवाह आयोजनाको लागि फुलमा मात्रै कम्तीमा पनि ५० हजार पाउन्ड खर्च हुन सक्छ । तर क्रयाडकले सो को बारेमा बोल्न चाहिनन ।

मनोरञ्जन :

विवाहको लागि व्यान्ड भाडामा लिनलाई कम्तीमा पनि १ हजार पाउन्ड खर्च हुन सक्छ । किनकी व्यान्डको यातायात, पार्किङ, दायीत्व, बीमा, संगीत र प्रकाशका लागि इन्जीनियरको खर्च जोडिन्छ ।

बेलायतस्थित एम्वेस्डर व्यान्डका प्रमुख जीयोफ वाकरले आफुले १६ टुकडियुक्त विवाह व्यान्ड र ध्वनिको लागि लगभग २१ हजार ५ सय डलर लिने गरेको जानकारी दिए । बनाना स्प्लिटका जेमी सिमोनका अनुसार सेलिब्रीटी लेवलको मनोरञ्जनका लागि लागत कम्तीमा पनि दशौं लाख खर्च हुन सक्दछ ।

स्टेशनरी :

ह्यारी र मेघानको विवाहको निमन्त्रणा पत्रका लागि बेलायती प्रिन्टर बर्नाड र वेस्टवुडलाइ सुम्पिइएको थियो । तर उनीहरुले यसको मूल्यको बारेमा भन्न मानेनन ।

सिमोन को अनुमानमा उच्च आकर्षकयुक्त राजकीय स्टेशनरी लगभग एउटाको मात्रै ३४ डलर पर्न सक्छ । जसमा निमन्त्रणा पत्र, छाप, धन्यवाद पत्र र खामहरुलाई मिलाउने पत्रहरुको मूल्य त्यसमा जोडिन्छ ।

सो को आधारमा पनि ६ सय जनाको लागि निमन्त्रणा पत्रको लगभग २० हजार ३ सय डलर पर्न आउँछ । राजकीय जोडीले १२ सय जना सर्वसाधारणलाइ पनि विवाह उत्सवमा बोलाएका थिए । जसले विन्स्डनको मैदानमा विवाह समारोह मनाए । यदि सो सर्वसाधारणलाइ पनि त्यहि निमन्त्रणा पत्र दिइएको थियो भने स्टेशनरी खर्चमा थप ४० हजार ७ सय डलर थपिएको छ ।

अनुवाद : अनिल न्यौपाने

प्रतिक्रिया दिनुहोस्
MBL