Logo

मलेसियाका रोल मोडल महाथीरको पुनः ‘इन्ट्री’, गठबन्धनको जीतसँगै प्रधानमन्त्री बन्ने पक्का

मलेसियाका रोल मोडल महाथीरको पुनः ‘इन्ट्री’, गठबन्धनको जीतसँगै प्रधानमन्त्री बन्ने पक्का



काठमाडौं । मलेसियामा बुधबार सम्पन्न १४ औं आमनिर्वाचनमा भूतपूर्व प्रधानमन्त्री डा. महाथीर बिन मोहम्मदको गठबन्धनले स्पष्ट बहुमत प्राप्त गरेको मलेशियाका स्थानीय समाचार स्रोतले उल्लेख गरेको छ । गठबन्धनको जितसँगै मलेसियाको सत्ता प्रमुखको रुपमा ९२ बर्षीय महाथीर पुनः इन्ट्री गर्ने निश्चित भएको छ ।

मलेशियाको प्रतिनिधिसभाको कुल २ सय २२ सिटमध्ये डा. महाथीरको गठबन्धनले हालसम्म १ सय १३ स्थानमा जीत हासिल गरेको छ । तर, मलेशियामा ६१ वर्षदेखि सत्तामा रहेको ‘बारिसन नेशनल’ को गठबन्धनले जम्मा ७९ सिटमा मात्र जित हासिल गरेको स्थानीय समाचार संस्थाले उल्लेख गरेका छन् । सरकार संचालनका लागि १ सय १४ सिट मात्र आवश्यक पर्ने छ जुन महाथीरको गठबन्धनले सहजै हासिल गर्ने निश्चित भएको छ ।

यससँगै डा. महाथीरले मलेशियामा पाँचौ पटक प्रधानमन्त्रीको रुपमा सत्ता सम्हाल्नेछन् । मलेशियाका रोल मोडल डो महाथीरले यस अघि ४ पटक सत्ता सम्हालिसकेका छन् । उनी मलेशियाको आधुनिक विकासको प्रमुख पात्र हुन् ।

बुधबार मलेसियाली प्रतिनिधिसभाका २ सय २२ र प्रदेश सभाका ५ सय ८७ सिटका लागि चुनावी प्रतिस्पर्धा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL