Logo

अमेरिकावासी ९ हजार नेपालीलाई नेपाल फकाईँदै, ‘टीपीएस’ खारेज गर्न १ बर्षे अल्टिमेटम

अमेरिकावासी ९ हजार नेपालीलाई नेपाल फकाईँदै, ‘टीपीएस’ खारेज गर्न १ बर्षे अल्टिमेटम



काठमाडौं । अमेरिकाले ९ हजार नेपालीको स्थाइ बसोबास अनुमति खारेज गर्ने भएको छ । अमेरिकाको होमल्यान्ड सेक्युरिटीले राष्ट्रपति ट्रम्पको अमेरिकामा बस्ने विदेशीको लागि उठाइएको नयाँ कदम पछ्याउदै सो निर्णय गरेको हो ।

यसका साथै अमेरिकास्थित होमल्यान्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टजेन नियल्सनले नेपालीको लागि आफ्नो सो अनुमति खारेज गर्न १ बर्षको समय दिने बताएकी छन ।

सन् २०१५ को महाभुकम्पपश्चात अमेरिकाले अमेरिकामा बसोबास गर्ने नेपालीलाइ टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) दिएको थियो । जसअनुसार नेपालीहरु अमेरिकामा वैधानिक रुपमा बसोबास गर्दे आइरहेका थिए ।

टीपीएस सन १९९० मा अवधारणामा ल्याइएको प्राकृतिक विपद, ससश्त्र द्धन्द आदि भएका देसका नागरिकलाइ अमेरिकामा स्थाइ बसोबास गर्ने अनुमति हो । हालैको महिनामा अमेरिकाले साल्भाडोरका लगभग २ लाख, हैटिका ५० हजार र निसारागुवा र सुडानका केहि बासिन्दाहरुलाइ देशनिकाला गरिसकेको छ ।

ट्रम्प प्रशासन अमेरिकामा बसोवास गर्ने विदेशीको सो स्टाटस रद्द गर्न कडा रुपमा प्रस्तुत भएको छ । जसअनुसार त्यहाँ बसोबास गर्ने नेपालीहरुको लागि ठुलो चुनौती खडा भएको छ ।

नेपालको महाभुकम्पपश्चात लगभग १५ हजार नेपालीले टीपीएस प्राप्त गरेका थिए । जसमा हाल ९ हजार नेपाली अमेरिकामा रहेको अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL