Logo

लालु यादवलाई १४ बर्ष जेल सजाय

लालु यादवलाई १४ बर्ष जेल सजाय


बिजखबर संवाददाता
0
Shares

राँची । भारतीय जनता दल (आरजेडी) का सर्वोच्च नेता लालुप्रसाद यादवलाई चौँथो चारा घोटाला काण्डमाथिको मुद्दामा दोषी ठहर गर्दै १४ बर्ष जेल सजाय र ६० लाख भारतीय रूपैँया जरिवाना गर्ने निर्णय भारतीय केन्द्रीय अनुसन्धान विभाग, विशेष अदालतले सुनाएको छ ।

उनले सन् १९९० तिर सत्तामा रहेका समय दुम्का राज्यकोषबाट ३ करोड १३ लाख भारतीय रूपैँया बराबरको सम्पत्तीको दुरुपयोग गरेको आरोप छ । सिबिआई का न्यायाधीश शिवपाल सिंहले बिहारका पूर्व मुख्यमन्त्री यादवलाई भारतीय दण्ड संहिता (आईपीसी) तथा भ्रष्टाचार निवारण अधिनियम उल्लङ्घनका दुई फरक फरक अभियोगमा ७÷७ बर्ष गरी १४ बर्ष जेल सजाय तोकिएको बताए ।

पूर्व मुख्यमन्त्री तथा भारतीय राजनीतिमा चर्चित व्यक्ति यादवका सल्लाहकार प्रभात कुमारले निर्णयपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै विशेष अदालतको निर्णयमाथि भारतीय उच्च अदालतमा पुनरावेदन गर्ने जानकारी दिए ।

अदालतको यही मार्च १९ मा भएको सुनुवाईले ६९ बर्षीय आरजेडीका प्रभावशाली नेता यादवसहित १८ जनालाई उक्त काण्डमा दोषी ठहर गरेको छ । अदालतले सोही आरोपमा मुद्दा खेपिरहेका बिहारका अर्का पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्रसहित १२ जनालाई निर्दोष ठहर गरेको छ ।

यादवलाई यस्तै आर्थिक हिनाविनाको अर्को एक मुद्दामा दोषी ठहर गर्दै गत बर्षको डिसेम्बर २३ देखि बिर्सामुन्डा जेल राँचीमा कारागार जीवन विताइरहेका छन् ।

यादवको स्वास्थ्यमा समस्या देखिएपछि हाल राँचीस्थित राजेन्द्र इन्स्टिच्युट अफ मेडिकल साइन्समा उपचार गराइरहेका छन् / (रासस÷पिटीआई)

प्रतिक्रिया दिनुहोस्
MBL