Logo

पाकिस्तानको विद्युतीय संरचना सुधारमा एडीबीको थप २६ अर्व लगानी

पाकिस्तानको विद्युतीय संरचना सुधारमा एडीबीको थप २६ अर्व लगानी


बिजखबर संवाददाता
0
Shares

काठमाडौँ । पाकिस्तान सरकार र एसियाली विकाश बैँक (एडीबी) बीच पाकिस्तानको विद्युत संरचना सुधारका लागि मङगलबार सम्झौता भएको छ ।

एडीबीद्धारा जारी विज्ञप्ती अनुसार पाकिस्तानका लागि एडीबीका निर्देशक याङ सिहाओ होङ र पाकिस्तानी वित्तीय विभागका सचिव सैयद घाजनफर अब्बाज जिलानीले एडीबी मध्य तथा पश्चिम एसियाका महानिर्देशक वर्नर लाइप्याचको सहभागितामा विद्युत प्रसारण संरचना सुधारका लागि नेपाली रुपैँया २६ अर्व बराबरको सम्झौतामा हस्ताक्षर गरेको हो ।

सो अवसरमा लाइप्याचले भने एडीबीले पाकिस्तानमा विद्युत प्रसारण संरचनालाई विशाल, मजबुत तथा अझ राम्रो बनाउन थप सहकार्य गर्न तयार रहेको बताएका छन ।

विद्युतीय सेवालाई विना अवरुद्ध आपूर्ति गर्न विश्वसनीय तथा मजबुत प्रसारण संरचनाको आवश्यक्ता रहेको यसबाट पाकिस्तानी उद्योग तथा आर्थिक विकासमा योगदान पुग्ने विश्वाश ब्यक्त गरेका छन ।

सम्झौता अनुसार पाकिस्तानले सिन्ध तथा बलोचिस्तान क्षेत्रमा २२० केभी विद्युत प्रसारण संरचनालाई सुधारिने योजना रहेकोे छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL