Logo

अमेरिकी राष्ट्रपतिले राखे अन्तरिक्ष सेना बनाउने प्रस्ताव

अमेरिकी राष्ट्रपतिले राखे अन्तरिक्ष सेना बनाउने प्रस्ताव


बिजखबर संवाददाता
27
Shares

सान डियागो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले अब अन्तरिक्ष सैन्य बल  (स्पेस् फोर्स् ) गठन गर्ने प्रस्ताव गरेका छन् ।

अमेरिकी सशस्त्र बलको नयाँ अंगका रुपमा ‘स्पेस फोर्स’ गठन हुने उनले जानकारी दिएका छन् ।

सान डियागोको एक म्यारिन कप्र्स् एयर स्टेशनमा सैनिक अधिकारीहरुलाई गर्नुभएको सम्बोधनका क्रममा उनले यो प्रस्ताव गरेको बताइएको छ ।

‘ अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिले यो कुरा स्वीकार गरिसकेको छ कि अन्तरिक्ष पनि युद्धको नयाँ स्थान हो हवाई र जमिनजस्तै’ उनले भने ‘हामीसँग हवाई सैन्य बल छ अब अन्तरिक्ष सेना हुन्छ’ उनले भने ।

अमेरिकालाई अब नयाँ खालको सैन्य बलको आवश्यकता रहेकोले यो सैन्य बलको स्थापना गर्नुपर्नेमा जोड दिए । साथै अब अमेरिकाले अन्तरिक्षमा पनि नेतृत्व गर्ने बताए ।

राष्ट्रपति ट्रम्पले सो सम्बोधनका क्रममा आफुले अमेरिकालाई राष्ट्रपति रोनाल्ड रेगनपछिकै सबैभन्दा ठूलो र शक्तिशाली सैन्य बल निर्माण र विकासगर्ने कुरा गर्ने दाबी गरे । , रासस/सिन्ह्वा

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL