Logo

थप १६ नयाँ गन्तव्यमा उडान भर्दै कतार एयरवेज

थप १६ नयाँ गन्तव्यमा उडान भर्दै कतार एयरवेज


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कतार एयरवेजले सन् २०१८ मा १६ नयाँ गन्तव्यमा उडान भर्ने भएको छ । एयरवेजले द्रुुत क्षमता विकाससँगै नयाँ गन्तव्यमा उडान गर्न लागेको हो ।

कतार एयरवेज ग्रुपका मुख्य कार्यकारी अधिकारी अकवर अल बेकरले बर्लिनमा जारी अन्तराष्ट्रिय यात्रा मेला उद्घाटन समारोहमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो घोषणा गरेका हुन् ।

सम्मेलनमा कतार एयरवेजले एक अन्तरक्रियात्मक कार्यक्रमको पनि आयोजना गरेको थियो । जसमा विभिन्न अन्तरराष्ट्रिय मिडियाका साथै भिआइपीको बाक्लो उपस्थिती रहेको कम्पनीले जानकारी दिएको छ ।

अन्तरराष्ट्रिय मिडियाका तर्फबाट २ सयभन्दा बढि पत्रकारको उपस्थिती रहेको उक्त सम्मेलनमा मुख्य कार्यकारी अधिकारी बेकरले कतार एयरवेज लक्जमवर्गलाई सिधै वायुसेवा जोड्ने तथा गल्फबाहेक पहिलो एयरवेज हुने जानकारी दिएका छन ।

यसका साथै उनले सम्मेलनमा एयरवेजका नयाँ रोमाञ्चक गन्तव्य को बारेमा जानकारी पनि दिए । जसमा लण्डनको गेटवीक, बेलायतको कार्डिफ, लिस्बोन, पोर्चूगल, तल्लिन लगायतका १६ गन्तव्यको जानकारी दिएका थिए ।

यस्तै यी १६ ओटा नयाँ गन्तव्यसंगै वार्सा, हनोइ, होचि मिन्ह सिटि, प्राग्वे र क्वीव को दैनिक उडान दोव्वर हुन सक्ने तथा म्याड्रिड, वार्सिलोना एवं माल्दिभ्सको दैनिक उडान तिन गुनाले बढ्ने देखिन्छ ।

अधिकारी बेकरले सम्मेलनमा आफ्नो कम्पनीको व्यापार तथा उडान रणनीतिलाई जारी गर्दै विश्वको कुनाकुना सम्म उडान भर्ने योजना रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL