Logo

उर्जा खपतमा विटक्वाइनको बढ्दो आतङ्क, २ बर्षभित्र यसरी विश्वको सबै उर्जा खपत गर्दैछ !

उर्जा खपतमा विटक्वाइनको बढ्दो आतङ्क, २ बर्षभित्र यसरी विश्वको सबै उर्जा खपत गर्दैछ !


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । यो नक्सा न विटक्वाइनको वढ्दो वृद्धिको बारेमा हो नत क्रिप्टोकरेन्सीको आउनेवाला दुर्घटनाको बारेमा नै हो । केही अर्थविदहरुले भनेअनुसार यो विटक्वाइनको पिरामिड योजनाको अपरिहार्यको अबस्थामा छ ।

तर यसले विद्युतीय मुद्रामा नयाँ कोण ल्याएको छ । जसले यस बर्ष भित्रमा यसको मूल्य १ हजार डलरबाट १० हजारभन्दा बढी डलरमा बृद्धि गरेको छ ।

विटक्वाइन माइनिङको घातक वृद्धिले पनि विटक्वाइन वृद्धिदरको नेतृत्व गर्दछ । कम्प्युटरमा प्रोसेसिङको लागि आवश्यक ब्लकचेन लगाएत विकेन्द्रीकृत र इन्क्रिप्टेड रेकर्डले विटक्वाइनको मूल्य निर्धारण भइरहेको छ ।

विटकोइन उर्जा उपभोग सुचकाङक (बिइसिआइ) का अनुसार हरेक व्यक्तिले एकपटक विटक्वाइनको कारोबार गर्दा २ सय ७५ किलोहर्ज विद्युतको खपत गर्दछ । त्यसैगरी पछिल्लो तथ्याङ्क अनुसार विटक्वाइनले विश्वभरको कुल विद्युत उत्पादनको २९ दशमलव ०५ टिडब्लुएच विद्युत खपत गर्दछ । यो भनेको हाल विश्वको कुल बार्षिक विद्युत खपतको शुन्य दशमलव १३ प्रतिशत बराबर हो ।

यो विश्वका १ सय ५९ देशले अलग अलग गर्ने विद्युत खपत भन्दा बढि हो । जसलाइ नक्सामा सुन्तला रङमा देखाइएको छ । यी प्रत्येक देशहरुले प्रति बर्ष विटक्वाइनले उपयोग गर्ने भन्दा कम मात्रामा विद्युतको उपयोग गर्दछन ।

वास्तवमा यदि विटक्वाइन एक छुट्टै देश भएको भए विश्वमा ६१ औं विद्युत खपत गर्ने देशमा पथ्र्याे । नक्साका अनुसार बार्षिक आधारमा अफ्रिकाका ५४ देशमध्ये ३ देशमा बाहेक सबै देशमा विटक्वाइनले विद्युत अधिकतम खपत गर्दछ ।
अफ्रिकाका अल्जेरिया, इजिप्ट, र दक्षिण अफ्रिकाजस्ता देशले वास्तविक मुद्रा उपयोग गर्दछन भने बाँकी नाइजेरीया कोङगो जस्ता ठुला देशहरुले गर्दैनन् । त्यसैगरी अमेरिकामा सबै क्यारेवियन राष्ट्रहरुले विटक्वाइनलेभन्दा कम उर्जा खपत गर्दछन् ।

यसका साथै विटक्वाइनले आयरल्यान्डको तुलनामा अधिक कम मात्रामा विद्युत खपत गर्दछ । मध्यपूर्वी क्षेत्रमा सिरिया र जोर्डन, यमन, ओमन र बहराइन लगाएत देशहरुभन्दा विटक्वाइनले विद्युतीय खपत बढी गर्दछ । अमेरिका धेरै विद्युत खपत गर्ने देशहरुमध्ये एक नंबरमा पर्दछ । अमेरिकाले एक बर्षमा खपत गर्ने विद्युतको जम्मा शुन्य दशमलव ७४ प्रतिशत विद्युत विटक्वाइनले खपत गर्दछ । तर अमेरिकाका मेन, वरमोन्ट, न्यु ह्याम्साइरजस्ता प्रान्तहरु भने विटक्वाइनबा टाढा छन ।

अमेरिकाको बार्षिक तथ्याङक अनुसार अलास्का सबैभन्दा कम विद्युत खपत गर्ने प्रान्त हो । यहाँको विद्युत खपतको तुलनामा विटक्वाइनको माइनीङले ४ सय ७२ प्रतिशत बढी विद्युत खपत गर्दछ ।

‘बिइसीआइ’ का अनुसार विश्वमा विटक्वाइन माइनिङले एक बर्षमा १ अर्व ५० करोड डलर बराबरको उर्जा खपत गर्दछ । तर, यो औषत रकम भनेको विजुलीको मूल्य सस्तो हुने ठाउँको लागि हो ।

साथै अमेरिकाको विजुलीको मूल्यको तुलनामा यसले बर्षमा ३ अर्ब डलर बराबरको उर्जा खपत गर्दछ । यसका साथै हाल लगभग ७ अर्व २० करोड डलर बराबरको विटक्वाइन माइनिङ हुन्छ जुन धेरै लाभदायक छ ।

विटक्वाइनको माइनिङमा विजुलीको खपत अति नै धेरै मात्रामा बढेको छ र अझै तीब्र गतिमा बढिरहेको छ । गएको अक्टोबर देखि नोभेम्वर ३० दिनमा ३० प्रतिशतले उर्जा खपत विटक्वाइनको माइनिङमा भएको पाइयो ।

यदि यहि गतिमा विटक्वाइन माइनिङको विस्तार भएमा अमेरिकामा उत्पादन भएको सबै विद्युत सन २०१९ सम्म विटक्वाइनले खपत गर्नेछ भने सन २०२० को फेब्रुअरी सम्ममा पुरै विश्वको कुुल विद्युत उत्पादन विटकोइनले खपत गर्नेछ / साभारः विगथिङ्क डटकम

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL