Logo

भारतले गर्यो अन्तरिक्षमा रकेट प्रक्षेपण

भारतले गर्यो अन्तरिक्षमा रकेट प्रक्षेपण


बिजखबर संवाददाता
0
Shares

नयाँ दिल्ली । भारतले पहिलो पटक अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको छ । भारतले ३१ वटा भू–उपग्रहसहितको रकेट आन्ध्र प्रदेश राज्यबाट अन्तरिक्षतर्फ पठाएको हो ।

ती रकेटमा भारत बाहेकका अरु विभिन्न छ वटा देशका भूउपग्रह पनि रहेका समाचारमा उल्लेख छ ।

यो अन्तरिक्षयान नक्सांकन र चित्रांकन गर्ने खालको हो । भारतीय सरकारको मातहतमा रहेको अन्तरिक्ष अनुसन्धान संगठनले शुक्रवार श्रीहरिकोटाबाट यो रकेट प्रक्षेपण गरेको राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ ।

मुख्यरूपमा पृथ्वीको अवलोकन गर्ने बताइएका ती भू–उपग्रह संयुक्त राज्य अमेरिका, क्यानेडा, दक्षिण कोरिया, ब्रिटेन, फ्रान्स र फिन्ल्याण्डका पनि रहेका छन् ।

भू–उपग्रहलाई पृथ्वीको अवलोकनका अतिरिक्त सञ्चार सम्पर्कका लागि पनि तिनको प्रयोग गरिने प्राप्त समाचारमा उल्लेख छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यस प्रक्षेपणको सफलता भारतका लागि एउटा गौरवपूर्ण उपलब्धि भएको बताएका  छन् ।

यसअघि पनि भारतले गत वर्षको फेब्रुअरी महिनामा पीएसएलवी–सी ३९ नामक मिसनको प्रक्षेपण विफल भएको थियो ।

यस पटकको यो सफालताबाट समग्र देशबाशीमानै खुसी थपेको प्रतिक्रिया भारतीय प्रधानमन्त्री मोदीले दिए । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
MBL