Logo

भारतमा हट्यो चुरोटको वट्टामा ८५ प्रतिशत स्थानमा चेतावनीमुलक सन्देश दिनुपर्ने प्रावधान, नेपालमा के होला ?

भारतमा हट्यो चुरोटको वट्टामा ८५ प्रतिशत स्थानमा चेतावनीमुलक सन्देश दिनुपर्ने प्रावधान, नेपालमा के होला ?


बिजखबर संवाददाता
0
Shares

भारत । भारतीय स्वास्थ्य मन्त्रालयले चुरोटको बट्टामा ८५ प्रतिशत मानव स्वास्थ्यमा पर्ने प्रभावबारे चेतावनीमुलक सचित्र सन्देश राख्नुपर्ने प्रावधानलाई खारेज गरेको छ । भारत सरकारले सन् २०१४ मा कानूनमा संशोधन गरी सुर्ती तथा सुर्तीजन्य उत्पादन सामग्रीका प्याकेटको ८५ प्रतिशतस्थानमा यसबाट मानव स्वास्थ्यमा पर्ने प्रभावबारे चेतावनीमुलक सचित्र सन्देश राख्नुपर्ने नियम लागू गरेको थियो । तर, सो प्रावधानलाई भारतको कर्नाटक उच्च अदालतले शनिबार रद्द गरिदिएको भारतीय अधिकारीले जनाएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयलाई यस्तो कानून बनाउने अधिकार नभएको भन्दै उक्त निर्णयपूर्व सुर्ती तथा सुर्तीजन्य उत्पादन सामग्रीका प्याकेटमा ४० प्रतिशत स्थानमा मात्रै मानव स्वास्थ्यमा पर्ने प्रभावबारे चेतावनीमुलक सचित्र सन्देश राख्नुपर्ने प्रावधान भने कायम रहने उल्ले गरेको छ ।

विभिन्न सुर्तीजन्य सामग्री उत्पादक तथा अन्य कम्पनीले केन्द्र सरकारको उक्त निर्णय कानूनको परिधिभन्दा बाहिर भएको भन्दै अदालतमा दिएको निवेदनमाथि सुनुवाईपछि फैसला गर्दै आएको हो ।
उक्त ८५ प्रतिशत चेतावनीमूलक सचित्र सन्देश दिने नियम गत बर्षको अप्रिलदेखि कार्यान्वयनमा ल्याइएको थियो ।
नेपाल सरकारले पनि २०६८ सालदेखि चुरोट तथा सुर्तीजन्य पदार्थको बट्टामा ८५ प्रतिशत चेतावनीमुलक सन्देश चित्र राख्ने व्यवस्था लगाएको थियो भने हाल त्यसलाई बढाएर ९० प्रतिशत पुयाएको छ । तर, नेपाली व्यवसायीहरुले पनि सरकारले आवश्यकभन्दा बढी मात्रामा लागू गरेको भन्दै घटाउन माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL