Logo

मे १९ मा हुँदै राजकुमार ह्यारीको बिबाह

मे १९ मा हुँदै राजकुमार ह्यारीको बिबाह


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बेलायतका राजकुमार ह्यारीले आगामी मे मा बिबाह गर्ने भएका छन् । उनले नायिका मेघान मर्केलसँग बिबाह गर्न लागेका हुन् ।
मे महिनाको १९ तारिखका दिन औपचारिक विवाह हुने मिति तय भएको हो ।

केन्जीङ्टन राजदरबारको पारिवारिक स्रोतका अनुसार विवाह सेन्ट जर्ज चापेल विन्डसर कास्टलमा हुनेछ ।

वैवाहिक समारोहमा सङ्गितिक कार्यक्रम सहितको भोजभतेर पनि हुने । बिबाहकको सवै खर्च राजदरबारले नै बेहोर्ने भएको विदेशी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

उनीहरुले पहिलो पटक यही महिना क्रिसमस औपचारिक रुपमा शाही परिबारसँगै मनाउने छन् ।

विवाहपछि राजकुमार ह्यारी र उनकी श्रीमती केन्जीङ्गटन प्यालेसमा रहेको नटिङ्गम कटेजमा बस्नेछन् ।
राजकुमार ह्यारी बेलायती राजगद्दिको पाँचौ नम्बरका हकदार हुन् ।

नायिका मेगान मार्कलसँग राजकुमार ह्यारी सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा थिए । एजेन्सि

प्रतिक्रिया दिनुहोस्
MBL