Logo

अमेरिकी राष्ट्रपति ट्रम्पकोे राजकीय भ्रमण रोक्दै बेलायत, ट्वीटले बढायो तुसरापात

अमेरिकी राष्ट्रपति ट्रम्पकोे राजकीय भ्रमण रोक्दै बेलायत, ट्वीटले बढायो तुसरापात


बिजखबर संवाददाता
108
Shares

लण्डन । लण्डनका महानगर प्रमुख सादिक खानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेलायतमा हुने भनी तय भएको राजकीय भ्रमणलाई रद्द गर्न आग्रह गरेका छन् ।

ट्रम्पले मुसलमान विरोधी भिडियोलाई पुनः ट्वीट गरेपछि खानले सो भिडियोप्रति विरोध जनाउँदै यस पहिले बेलायती नागरिकले ट्रम्पको भ्रमणबारेमा विरोध जनाउँदै आएका थिए । सोही अनुरुप खानले ट्रम्पको भ्रमण रद्द गर्न आग्रह गरेका हुन् ।

महानगरप्रमुखले अमेरिकी राष्ट्रपतिको अभिव्यक्तिका कारण यस समयमा उनलाई बेलायतमा उचित सम्मान नमल्निे समेत बताएका छन् । साथै प्रधानमन्त्री मेका सरकारी प्रवक्ताले पनि अमेरिकी राष्ट्रपतिले मुसलमान विरोधी भिडियोलाई पुनः ट्वीट गर्नु गलत भएको बताएका छन् ।

यसैगरी बेलायती गृहमन्त्री एम्बर रडले विहीबार सरकारको धारणा दोहोराउँदै ट्रम्पले मुसलमानविरोधी भिडियो प्रधानमन्त्री मेलाई पठाउनु गलत भएको बताएका छन् । प्रधानमन्त्रीको प्रतिक्रियाले पनि अमेरिकी राष्ट्रपतिमा केही प्रभाव आउने रडको दाबी थियो ।

‘बेलायती जनताले कुनै समुदाय विरुद्धको पक्षपातपूर्ण अभिव्यक्तिलाई अस्वीकार गर्नेछन्,’ गृहमन्त्री रडले भिडियोबारे बेलायती सांसदलाई जवाफ दिँदै भने, ‘ वर्तमान् सरकार पनि कुनै धार्मिक विश्वास र सम्प्रदायलाई घृणा गर्ने कुनै समूहलाई पनि सहन सक्दैन ।’ रासस

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL