Logo

साउदीमा गैरकानुनी कामदारको निगरानी शुरु, १९ पेशामा विदेशी कामदार प्रतिबन्ध

साउदीमा गैरकानुनी कामदारको निगरानी शुरु, १९ पेशामा विदेशी कामदार प्रतिबन्ध


बिजखबर संवाददाता
0
Shares

साउदी अरबले बुधबारदेखि गैरकानुनी रुपमा बस्दै आएका आप्रवासी कामदारको अनुगमन बढाउने भएको छ । साउदीले आफ्ना देशमा बस्दै आएका आप्रवासी कामदारलाई आफ्नो देश फर्कन दिएको आममाफीको समय मंगलबारबाट सकिए लगत्तै निगरानी बढाएको हो ।

आममाफीको समयमा घर नर्फकेका कामदारको अनुगमन गरी कडा कारवाही गरिने साउदी गजेटमा उल्लेख छ ।

साउदीले दिएको आममाफीको समय गैर कानुनी रुपमा बस्दै आएको आप्रवासी कामदार कानुनी दायरामा आउनुका साथै आफ्नै देश फर्किएका थिए । तर, अझै पनि धेरै आप्रवासी कामदार गैर कानुनी रुपमा बस्दै आएका त्यहाँका अधिकारीले जानकारी दिएका छन् । केही समय साउदी स्थित नेपाली दूतावासले पनि ठूलो संख्यामा नेपाली कामदार गैर कानुनी रुपमा बस्दै आएको जानकारी दिएको थियो ।

यसैबीच साउदीले सन् २०१८ देखि दक्ष तथा माथिल्लो तहको १९ वटा पदमा विदेशी कामदार नलिने भएको छ । साउदी डटकमका अनुसार साउदीले एकाउण्टेन्ट, सेक्यूरेटी, म्यानेजर, सेल्सम्यान, सेल्स म्यानेजर, अफिस म्यानेजर, फ्रस्ट एकाउण्टेन्ट, सेल्स सुपरभाइजर, फाइनान्स म्यानेजर, हेड अफ एकाउण्ट, लजिस्टिक सुपरभाइजर, सेल्स एसिस्टेन्ट, सुपरभाइजर म्यानेजर, अफिस ब्वाय, रिसेप्सेनिष्ट, वायरहाउस म्यानेजर, फोक्लिफ्ट अपरेटर र हृयूमन रिसोर्स म्यानेजर पदमा आप्रवासी कामदार नलिने भएको हो ।

ती पदमा यस अघि कार्यरत कामदारको पनि सन् २०१८ देखि अकामा समेत नविकरण गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL