Logo

स्कटल्याण्डले ल्यायो यस्तो नियम, सन् २०३२ देखि डिजेल र पेट्रोल कार प्रतिबन्ध

स्कटल्याण्डले ल्यायो यस्तो नियम, सन् २०३२ देखि डिजेल र पेट्रोल कार प्रतिबन्ध


बिजखबर संवाददाता
27
Shares

युरोपेली मुलुक स्कटल्याण्डले सन् २०३२ देखि डिजेल र पेट्रोलबाट चल्ने कारमा पूर्ण प्रतिबनध लगाउने घोषणा गरेको छ । विद्यूतीय सवारीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित स्कटीस सरकारकाले नयाँ घोषणा गरेको हो । स्कटल्याण्डका ‘फस्र्ट मिनिष्टर’ निकोला स्टर्जेनका अनुसार यसका लागि इलेक्ट्रीक चार्जिङ पोइण्ट विस्तार अबको प्राथमकितामा रहनेछ ।

स्कटल्याण्डले यसका लागि एनाइन योजना अन्तर्गत विद्युतीय सवारीका लागि उपयुक्त सडक बनाउने योजना पनि तयार गरेको छ । ‘नयाँ पेट्रोल डिजेल कारलाई २०३२ सम्म फेज आउट गर्ने हाम्रो योजना हो’ स्टर्जेनले भने । यस अघि ब्रिटिस सरकारले सन् २०४० सम्ममा यस्तो व्यवस्था लागु गराउने घोषणा गरेको थियो । स्कटल्याण्डको घोषणा त्यहाँको भन्दा आठ बर्र्षअघि नै पुरा गर्नेमा लक्षित छ ।

खराब धुवाँका कारण जनताको स्वास्थ्य बिग्रदैं गएको ठहर गर्दै त्यहाँको सरकारले यो योजनालाई गति दिएको हो । – एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL