Logo

भारत जाँदै हुनुहुन्छ ? ५० हजारभन्दा बढी नगद लैजान पाइदैन

भारत जाँदै हुनुहुन्छ ? ५० हजारभन्दा बढी नगद लैजान पाइदैन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भारत जाँदा अब ५० हजार भारती रुपैयाँभन्दा बढी लैजान नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०७४/७५ को मौद्रिक नीति सार्बजनिक गर्दै नगद ५० हजारभन्दा लैजान नपाउने ब्यवस्था गरेको हो ।

सो व्यवस्था अनुसार बिरामी भएर उपाचार गर्न वा औचित्य खुल्ने अन्य प्रयोजनका लागि भारत जाँदा अबका दिन नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ मात्र सटही सुबिधा दिनेछ । बैंकले त्यस्ता कार्यका लागि यस अघि १ लाख रुपैयाँसक्म सटही सुबिधा दिँदै आएको थियो ।

अबका दिनमा ५० हजार रुपैयाँभन्दा बढी लैजानुपरेमा कार्ड वा बैंकिङ उपकरणमार्फत सटही गर्नुपर्ने हुन्छ । यसैगरी नेपालमा हुने कार्ड कारोबारको हिसाव मिलान भारतीय मुद्रामा भारतबाट भइरहेको र त्यस वापतको शुल्क भुक्तानी तथा फछ्र्यौट समेत भारतीय मुद्रामा गर्नुपर्ने विद्यमान व्यवस्थाले कार्ड कारोबारको लागत बढाएको समेत मौद्रिक नीतिले उल्लेख गरेको छ । साथै सो कार्यलाई सम्बोधन गर्न विदेशी सेवा प्रदायकहरुबाट नेपालभित्र हुने इलेक्ट्रोनिक कार्ड कारोबारको फछ्र्यौट नेपालमै गरी खुद रकममात्र भुक्तानी हुने व्यवस्था मिलाइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL