Logo

भारतका १८ बर्षीय युवाले बनाए विश्वकै हलुका स्याटेलाइट

भारतका १८ बर्षीय युवाले बनाए विश्वकै हलुका स्याटेलाइट


बिजखबर संवाददाता
27
Shares

भारतले बिहिबार विश्वकै सबैभन्दा हलुका स्याटेलाइट सार्वजनिक गर्दै नयाँ रेकर्ड कायम गरेको छ । भारतका तामिलनाडुका १८ बर्षिय रिफत सरुक र उनको समुहले निर्माण गरेको यो स्याटेलाइटको तौल जम्मा ६४ ग्राम रहेको छ । पूर्व राष्ट्रपछि अब्दुल कलामको नामबाट नामाकरण गरिएको यो ‘कलामसेट’ स्याटेलाइट बिहिबार दिउँसो तीन बजे वालोप आइल्याण्डबाट प्रक्षेपण गरिएको थियो ।

स्याटेलाइट सार्वजनिक कार्यक्रममा यो अभियानका निर्देशक श्रीमेथी केसानले प्रक्षेपण गरिएको रकेटको उडान समय दुई सय ४० मिनेट रहेको बताए । तर यसरी पठाइएको स्याटेलाइट समुद्रमा खसेको र नासाले भारतलाई नै फिर्ता गर्न लागेको पनि उनले बताए ।
एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
MBL