Logo

भारतको राष्ट्रपतिमा सुपरस्टार रजनीकान्तको चर्चा !

भारतको राष्ट्रपतिमा सुपरस्टार रजनीकान्तको चर्चा !


बिजखबर संवाददाता
27
Shares

वर्तमान राष्ट्रपति प्रणव मुखर्जीको कार्यकाल सकिन करिब एक महिनामात्र बाँकी रहेको अवस्थामा भारतमा नयाँ राष्ट्रपति को हुने भन्ने विषयले चर्चा पाउन थालेको छ । देशकै सबैभन्दा ठूलो पद राष्ट्रपति छान्नका लागि दुई ओटै सदनमा निर्वाचन हुने भएपनि अहिलेसम्म कुनै राजनीतिक दलले आफ्नो आधिकारीक उम्मेदवार घोषणा भने गरेका छैनन् । छिमेकी राष्ट्रका रुपमा भारतको राष्ट्रपतिका आधारमा कुटनीतिक सम्बन्ध पनि परिभाषित हुने भएकोले नेपालमा पनि यसको चासो बढी नै गर्छ ।

भारतीय सञ्चार माध्यमले यसै सन्दर्भमा राष्ट्रपतिका सम्भावित उम्मेदवारको नाम आफ्नै किसिमले सार्वजनिक गर्न थालेका छन् । कतिपय सञ्चारमाध्यमले त दश जना उम्मेदवारको नाम सार्वजनिक गर्दै त्यसैमध्यबाट मात्र राष्ट्रपति छनोट हुने पक्का रहेको भन्दै आफ्नै किसिमको दाबी पनि गरिरहेका छन् । सञ्चार माध्यमका अनुसार साउथ मुभिका महानायक रजनीकान्त पनि राष्ट्रपतिको उम्मेदवार बन्ने प्रबल सम्भावना रहेको छ । चर्चित व्यक्ति मात्र नभई मानवीयताको सवालमा पनि उनले विभिन्न काम गर्दै आएकोले उनको नाम सञ्चार माध्यमले अघि सारेका छन् ।

भारतको विदेश मन्त्रीका रुपमा जिम्मेवारी निर्वाह गरिसकेकी सुस्मा स्वराज, मध्य प्रदेशकी सभामुख सुमित्रा महाजन, लोकसभाका पूर्व उप सभामुख करिया मुण्डा, झारखण्डकी गभर्नर द्रौपदी मुर्मु, लोकसभाका पूर्व सभामुख मिरा कुमार, महात्मा गान्धीका नाति तथा पश्चिम बङ्गालका पूर्व गभर्नर गोपाकृष्ण गान्धी र प्रतिपक्षीका तर्फबाट शरद यादवको नाम समेत चर्चामा छ ।
एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
MBL