Logo

दक्षिण कोरियाबाटै तिर्नुहोस फोनको बिल

दक्षिण कोरियाबाटै तिर्नुहोस फोनको बिल


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अब दक्षिण कोरियामा बस्ने नेपालीहरुले त्यहीबाट नेपालमा रहेका आफन्तको मोबाइलमा रिचार्ज गर्न सक्ने भएका छन् ।
शनिवारदेखि पसल सेवा डटकमले यस्तो सुबिधा शुभारम्भ गरेको हो ।

दक्षिण कोरियामा विभिन्न काम र व्यवसाय सञ्चालन गदैँ आएका नेपालीहरुले मोबाइल टपअप, एडिएसएल बिल पेमेन्ट, ल्याण्डलाइन बिल पेमेन्ट, डिसहोम रिचार्ज, फड ट्रान्सफरलगायत अनलाइन पेमेन्ट गर्न सकिने सञ्चालक रमेश अधिकारिले जनाकारी दिए ।

पसल सेवाको सुविधाबाट मुख्य गरी दक्षिण कोरियामा बस्ने आम नेपालीहरुले घरपरिवार र आफन्तलाई त्यहिबाट अनलाइन पेमेन्ट गर्न सहज हुने विश्वास सञ्चालक अधिकारीको छ ।

आगामी दिनमा अनलाइन सपिङ्को व्यवस्था समेत समायोजन गरी लैजाने सोच रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL