Logo

चार राष्ट्रले तोडे कतारसँग कुटनीतिक सम्बन्ध, ४८ घण्टाभित्र देश छोड्न आदेश

चार राष्ट्रले तोडे कतारसँग कुटनीतिक सम्बन्ध, ४८ घण्टाभित्र देश छोड्न आदेश


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बहराइन, साउदी अरेबिया, इजिप्ट र युनाइटेड अरब इमिरेट्स (युएइ) ले कतारसँग सम्बन्ध तोडेको छ । इस्लामिक समुह र आतंकबादलाई सहयोग गरेको आरेप लगाउँदै यी चार राष्ट्रले कतारसँगको कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरेका हुन् ।

गत मेमा ह्याकरहरुले कतार सरकारले चलाएको समाचार एजेन्सी चलाएर समाचार सम्प्रेषण गरी ‘फेक’ कमेन्ट गरेसँगै कतार र ती चार राष्ट्रबीचको सम्बन्धमा दरार आएको थियो । जसको बदलामा ती चार देशमा अलजजिरासहित अन्य समाचार माध्यम ब्लक गरिएको थियो । सोमबार कतारको विदेश मन्त्रालयले अरबका देशहरुले गरेको अनुचित निणर्यको पश्चताब भएको टिप्पणी गरेको छ ।

कतारमाथी द्वन्द्वग्रस्त अरब मुलुक यमनमा बिद्रोही सैन्य शक्तीलाई सहयोग गरेको, अलकायदा तथा मुस्लिम ब्रदरहुडजस्ता संगठनलाई प्रायोजन गरेको आरोप लागेको छ । साथै कतारी सरकारद्वारा सञ्चालित अल जजिरा टीभी च्यानलमार्फत् अस्थिरता फैलाउन सहयोग गरेको यी देशले आरोप लगाएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

साउदी अरेबिया, बहराइन, युनाइटेड अरब इमिरेट्स र इजिप्टले एक विज्ञप्ति जारी गर्दै कतारसँगको हवाई र समुद्री यात्रा निलम्बन गर्ने घोषणा गरेका हुन् ।
त्यस्तै साउदी अरेबियाले कतारसँगको सीमा नाका बन्द गर्ने साउदी प्रेस एजेन्सीले जनाएको छ । अबुधावीको सरकारी स्वामित्वको इतिहाद एयरवेजले कतार जाने र उताबाट आउने हवाई उडान मंगलबार बिहानबाट बन्द गर्ने जनाएको छ । साउदी, बहराइन र युएईले कतारी कूटनीतिज्ञलाई ४८ घन्टाभित्र मुलुक छाड्न आदेश दिएका छन् । त्यस्तै कतारमा रहेका कुटनीतिज्ञलाई पनि ४८ घण्टा भित्र फिर्ता बोलाएका छन् ।

साउदी अरेबियाले कतारसँगको कुटनीतिक सम्बन्ध, जमिन, जल तथा हवाई सम्पर्क बिच्छेद गरेको घोषणा गरेको रोयटर्सले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL